Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

थानकोट–चित्लाङ सडक बिहान–बेलुका मात्रै खुला

खबरडबली संवाददाता

हेटौँडा। सडक डिभिजन कार्यालय काठमाडौंले एक महिनाका लागि पूर्णरुपमा बन्द गरेको मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक ९गणेशमान मार्ग० बिहान र बेलुकाका लागि मात्रै खुला गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध गरिएको थियो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिको विरोधपछि बिहान र बेलुका मात्रै साधन आवागमन गर्न दिने गरी सहमति भएको हो ।

थाहा नगरपालिका वडा नं। ९ का कार्यवाहक वडाध्यक्ष रामकृष्ण कपालीले सडक पूर्णरुपमा बन्द गर्दा यात्रुहरुलाई हुने असुविधालाई दृष्टिगत गरी सडक डिभिजन कार्यालयसँगको सहकार्यमा आंशिक रुपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ देखि दिउँसो ४ बजेसम्म बन्द हुने र सो बाहेकको समय सवारीका साधन सञ्चालन गर्न सकिने वडा कार्यालयले जनाएको छ ।

साथै कावा वडाध्यक्ष कपालीले चन्द्रागिरी नगरपालिका वडा नं। ४ को कार्यालय, प्रहरी चेकपोष्ट, चन्द्रागिरी र  इलाका प्रहरी कार्यालय, चित्लाङलाई आवश्यक सहयोग तथा समन्वयका लागि पत्राचार गरेको छन ।

थाहा नगरपालिका वडा नं। १० का दीपक गोपालीले सडक डिभिजन कार्यालय, काठमाडौं र वडाध्यक्षसहित गएको प्रतिनिधिमण्डलबिच बिहान ९ बजे अगावै र दिउँसोको ४ बजेपछि सवारी साधन प्रवेश गरिसक्नुपर्ने गरी सहमति भएको जानकारी दिए।

उनले कामको प्रगति हेरी आगामी दिनमा निर्माण व्यवसायीलाई कामको वातावरण बनाउन स्थानीयले सहयोग बताउँदै निर्माण व्यवसायीका लागि काम गर्न अझै पनि समय पर्याप्त भएकाले स्थानीयलाई असर नपर्ने गरी कामलाई अगाडि बढाउने बारेमा छलफल भएको बताए।

सडक डिभिजन कार्यालय काठमाडौंले यसअघि थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रुपमा आवागमन बन्द हुने जनाएको थियो ।

यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक पनि यही पुस ११ गतेसम्म बन्द गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: