Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

१७ सय बर्ष पछि पत्ता लाग्यो सान्टा क्लजको असली अनुहार

खबरडबली संवाददाता

काठमाडौं  । तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, सायद नदेख्ने कमै छन । 

प्रत्यक्ष नदेखे पनि फोटो र भिडियोमा भने अवस्य नै देखेको हुनु पर्छ । खासमा उनी हुन, शान्टा क्लजका प्रतिक, जो सयौं बर्ष अघि उनी सोही शैलीको ड्रेसमा उपहार बाडँदै हिडथे, आज उनै सान्टा क्लजले उपहार बाडने दिन पनि हो । उनकै सम्झनामा आजकाल सोही कपडामा मानिसहरुले उपहार बाँडिरहेका छन । यो उनी प्रतिको सम्मान हो । 

हालै वैज्ञानिकहरुले अत्याधुनिक प्रविधिबाट सान्ता क्लजको असली अनुहार बनाएको दाबी गरेका छन ।

न्यूयोर्क पोस्टको एक रिपोर्टमा माइराको सेन्ट निकोलसको अनुहार उनको मृत्युको १७०० वर्ष पछि खोपडीको तथ्याङ्क विश्लेषण गरेर सिर्जना गरिएको बताईएको छ।

यसमा संलग्न प्रमुख अनुसन्धानकर्ता सिसेरो मोरेसले सेन्ट निकोलसको अनुहार बनाउन वैज्ञानिकहरूले सन् १९५० मा लुइगी मार्टिनोले संकलन गरेको तथ्यांक प्रयोग गरेको बताएका छन ।

यस समयमा सेन्ट निकोलसको शरीरको अवशेष पनि अध्ययन गरिएको थियो। उनी आफ्नो मेरुदण्ड र कम्मरमा दीर्घकालीन गठियाबाट पीडित रहेको पनि खुलासा भएको छ । यो पनि रिपोर्ट गरिएको थियो कि उनको शिर एकदम ठूलो थियो।जसका कारण उनलाई हरेक दिन टाउको दुख्ने गरेको हुनुपर्छ ।

यस अनुसन्धानमा सेन्ट निकोलसको त्यही अवशेष प्रयोग गरिएको थियो जसलाई पहिले माइरामा गाडिएको थियो र पछि हड्डीहरूलाई इटाली लगिएको थियो र बारीमा गाडिएको थियो । जो उत्खनन गरेर बैज्ञानिकहरुले १७ सय बर्ष पछि उनको असली अनुहार बनाएको दावी गरेका छन । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending