रौतहट । रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता मंगलवार पार्टी मुख्यालय पुगेर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।
बर्षौ देखी जिल्लामा रहेको अधुरो पुलहरुको पूर्णता, जिल्लाको सबै निर्वाचन क्षेत्रको समग्र विकासका मुद्दाहरूका साथै लामो समय देखि साना नाकाहरुमा ४ चक्के सवारी साधन आवागमनमा लगाईएको रोक बारे जानकारी गराएको केन्द्रिय सदस्य गुप्ताले बताएका छन्।
बिश्व महामारी कोरोनाको समय भारतीय सीमा सुरक्षा बल एसएसबीले जिल्लाको सानानाकाहरूमा ४ चक्के सवारी साधनको आवागमनमा रोक लगाइएपछि हजारौँ परिवारको जनजीवन प्रभावित बनेको छ।
जिल्लाको बागमती नदी र बकैया नदीमा रहेका अधुरो पुलको पूर्णता पाएको अवस्थामा छैन। पुल अधुरो हुँदा मानिसहरू वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ठूलो कठिनाईमा परेका छन्।
बिगतमा पटकपटक सरकार परिवर्तन हुँदा पनि यहाँको समस्या ज्युँका त्यु रहेकाले उक्त विषयहरूमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको जिल्ला ईन्चार्ज गुप्ताले जानकारी दिएका छन्।
छोटी नाकाहरु भएर सवारी साधन आवागमन नहुँदा स्थानिय हरु कठिनाईमा परेका छन्न भने छोटी भन्सार सञ्चालन नहुँदा साना ब्यापारीहरु कठिनाईमा परेका हुन्।
सदियौं देखि चलिआएको दुईदेश बिचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको छ। बिश्व ब्यापी रूपमा चलेको कोरोना महामारीको समय देखी भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ।
पटकपटक स्थानिय स्तरमा सानो नाका खुलाउने बिभिन्न दलका नेताहरु बाट भएको प्रयास सफल हुनसकेको देखिएन। रौतहट जिल्लाको २८ किलोमीटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ।
२८ किलोमीटर लामो सीमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखी औषधि उपचार गराउन तथा विहेवारीमा किनमेल गर्न सदियौं देखि भारतीय बजार माथी निर्भर रहेका छन्।
सीमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भन्ने आफ्नै सदरमुकाम २५ किलोमिटर टाढा पर्दछ। एका तर्फ भारतीय बजार नजीक हुनु र अर्को तर्फ नेपाली बजार भन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य बिकल्प नभएको स्थानीयहरूले गुनासो गरेका छन्।
तर पछिल्लो समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्त लाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने वाध्यता भएको छ।
त्यसैगरी २००७ देखि सञ्चालनमा आएको जिल्लाको छोटी भनसारहरु माओबादी द्वन्दको समय जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो।
तर हालसम्म उक्त छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालन नहुँदा आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध हुनुका साथै राजश्व संकलनमा समेत असर परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: