Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

केपी ओलीको निर्णय सत्ता उन्माद र नव सामन्तको प्रतीकः भिम रावल

सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागियाे

खबरडबली संवाददाता

काठमाडौं  । नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई निष्काशित गरेको बताएका छन् ।उनले ओलीको सत्ता उन्मादका कारण आफू निष्काशनमा परेको बताएका हुन् । 

ओलीविरुद्ध कोहीपनि नबोलुन् भनेर यस्तो निर्णय गरेको उनले बताए ।  ‘यो केपी ओलीको सत्ता उन्माद, प्रधानमन्त्री पनि भएको, पार्टीको अध्यक्ष पनि भएको सत्ताको उन्मादमा गरिएको, अब मेरो विरुद्धमा कोही पनि नबोलुन्, म स्वघोषित बा हुँ सबैको, नव सामन्तको म प्रतीक हुँ, सबैले मप्रति निष्ठा जनाउनुपर्छ भनेर च्यासलमा भएको कार्यशालाको प्रतिवेदनमा लेखेका छन्,’– उनले भने ।

ओलीले सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागेको उनले बताए । ओली कम्पनीको जग भत्किने र इमानदार कार्यकर्ताहरुबाट ओलीको कार्यविरुद्ध विद्रोहको सुरुवात हुने उनले बताए । सत्ताको उन्मादमा अगाडि बढ्नेहरु कालन्तरमा कोही पनि नटिक्ने उनको दाबी छ ।

आफूले आजसम्म नेपालको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, नेपाली जनताको हक, अधिकार, आर्थिक समृद्धि, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा, विदेशीको अगाडि लम्पसार परेर राष्ट्रिय अस्मितालाई समाप्त पार्नेहरुको विरुद्धमा, आफ्नो सत्ता स्वार्थका लागि नेपालको साधान स्रोतहरु अर्काको हातमा सुम्पनेहरुको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले कम्युनिष्ट पार्टी र  एमालेको घोषित नीतिहरु पनि त्यही रहेको बताए । आफ्नो कदम पनि सोहीअनुरुप रहेको उनले बताए । तर, ओलीलाई ती कुराहरु सह्य नभएको र आफूलाई कारबाही गरिएको उनले बताए ।

देश हितविरीत, भ्रष्टाचार, अनैतिक र देशलाई खत्तम पार्छु भन्नेहरुसँग ओलीको साँठगाँठ रहेको र आफूले आवाज उठाउँदा व्यवधान उत्पन्न हुनेभएपछि स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई कारबाही गरिएको नेता रावलको दाबी छ ।

ओलीको निरंकुश र स्वेच्छाचारी निर्णयले आफूलाई कुनै असर पर्दैनः भीम रावल

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending