नेपालगन्ज । बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ । लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा भ्याक्सिनको अभाव भएर बिरामीले सास्ती भोग्नु परेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।
बर्दिया अस्पताल, बारबर्दिया नगर अस्पताल, बासगढी नगर अस्पताल र राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको ती अस्पतालहरुले जनाएका छन् । बर्दिया अस्पताल, गुलरियामा कुकुरले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गएपनि माग गरिएको भ्याक्सिन नआउँदा समस्या भएको अस्पतालका प्रमुख डा। सुभाष पाण्डेले बताए। उनले अस्पतालमा गत डेढ महिना अघिनै भ्याक्सिन सकिएको र त्यस यता नआएकोले अभाव रहेको जानकारी दिए। स्वास्थ्य संस्थालाई सो भ्याक्सिन खरिदको अधिकार नभएको जनाउँदै उहाँले तर गत सात आठ वर्षदेखि प्रायजसो अभावनै हुने गरेकोले यस तर्फ सम्बन्धित निकायले ध्यान दिन आग्रह पनि गरे।
बजारमा पाइने भ्याक्सिनको पाँच डोज लगाउनु पर्ने र सरकारले उपलब्ध गराएको भ्याक्सिनको तीन डोज मात्रै लगाउनु पर्ने पनि डा। पाण्डेले बताए । यसैगरि बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बारबर्दिया नगर अस्पतालमा पनि महिना दिनदेखि भ्याक्सिनको अभाव भएको बताए । उनले एन्टी रेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै अभाव भएकोले अस्पतालमा पठाउन नसकिएको जानकारी आएको बताए।
सोही प्रकारले बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारुले रेबिजको भ्याक्सिन सकिएको एक महिना बढी भएपनि भ्याक्सिन नआउँदा कुकरले टोकेका धेरै बिरामी फर्कन बाध्य भएको बताए । प्रदेशसँग भ्याक्सिन माग गरेको समेत उनले जानकारी दिए।
यस्तै राजापुर प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी सुरेश चौलागाईले रेबिजको भ्याक्सिन कात्तिक महिनामै सकिएको जनाउँदै थप भ्याक्सिन नआउँदा समस्या भएको बताए। ठाकुरबाबा नगपालिकामा पनि लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पठाएको भ्याक्सिन दुई महिना अघि नै सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए। तर, ठाकुरबाबामा भने भ्याक्सिनको अभाव हुन नदिन स्थानीय सरकारले २०० भाइल भ्याक्सिन खरिद गरेर काम चलाइरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: