Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रबृत्ति बढ्दो

खबरडबली संवाददाता

रौतहट  । शिक्षक सरुवाको बहानामा विद्यार्थी उचालेर पालिका माथी आक्रमण गराउने प्रबृत्ति रौतहटमा बढ्दै गएको छ। आक्रमण गराउने योजनाकार माथी ठोस कार्वाही नहुँदा यस्तो प्रबृत्ति बढेको हो।

केही समय भित्रै शिक्षक सरुवाको बिषय लिएर जिल्लामा ३ वटा नगरपालिका माथी भएको आक्रमणबाट १ करोड भन्दा बढीको सरकारी सम्पतिको नोक्सानी भएको छ। शिक्षक सरुवाकै बिषय लिएर बिहीवार रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्।

नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले  नगरपालिका भवनमा तोडफोड गरेका छन्। विद्यार्थीहरुले नगरपालिका अगाडी राखिएको मेयर चढ्ने गाडी संगै १ दर्जन बढी गाडीमा क्षती पुर्याएका छन्। नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई माबी झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीवार नगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू उग्र भएर ढुंगामुढा प्रहार सुरु गरेका थिए।  ढुंगामुढा बाट नगरपालिका भवनको अधिकांश झ्यालको सिसा फुटेका छन् भने दुईवटा गाडी र दर्जनौं मोटरसाईकलमा क्षति पुगेको छ।

कार्यालय अगाडि पार्किंग गरी राखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा  क्षति पुगेको छ। सरकारी गाडीको सबै सिसा फुटेको छ भने  गाडीको अन्य भागमा समेत क्षति पुगेको छ। त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरुको १ दर्जन बढी मोटरसाईकलमा विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्याएका छन्।  ढुंगा प्रहारबाट एकजना नगर प्रहरी  हवल्दार रामनारायण साह घाईते भएको र हाल उनको वीरगन्जमा उपचार भइरहेको जनाईएको छ।

ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी १० लाख भन्दा बढीको क्षती भएको गरुडाका मेयर कन्थमणि प्रसाद जयसवालले बताएका छन्। नमुना माबी गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा भएका शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर यत्रो ठूलो क्षती गराएको मेयर जयसवालले आरोप लगाएका छन्  । प्रधानाध्यापक पटेल र क्षिक्षक झाले आरोप निराधार भएको भन्दै खण्डन गरेका छन्। रौतहटमा शिक्षकको सरुवा गर्दा  सरुवा भएको विद्यालयमा मा जानुको सट्टा शिक्षकहरुले विद्यार्थीलाई उचालेर पालिका माथि तोडफोड गराउने  प्रवृत्ति बढेको  छ।

शिक्षक सरुवा कै विषय  लिएर यस अघी रौतहटको देवाही गोनाहि, कटहरिया नगरपालिकामा पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए।  विद्यार्थीको आक्रमणबाट देवाही गोनाही नगरपालिकामा ७० लाख भन्दा बढीको क्षती भएको मेयर प्रेमलाल साहले सार्वजनिक गरेका थिए। उक्त घटनामा संलग्न ९ जना माथी ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको थियो। त्यस अघि शिक्षक सरुवाकै बिषय लियर कटहरिया नगरपालिका माथी विधार्थी द्वारा भएको आक्रमण बाट ३० लाख भन्दा बढीको क्षती भएको तत्कालीन मेयर सियाराम कुशवाहाले सार्वजनिक गरेका थिए। 

रौतहटका सिडियो हिरालाल रेग्मीले यस्तो घटना हुनु दुःखद भएको बताउँदै जनप्रतिनिधि, शिक्षक सबै बसेर असहमतिको बीच पनि सहमती गरेर आगाडी बढेमा त्यस्ता घटना पुनः न दोहोरिने सुझाव दिएका छन्। लोकतन्त्रमा सबैको अधिकारको सम्मान हुनुपर्छ तर सम्मानको नाउँमा षडयन्त्र गरेर पालिका माथी आक्रमण गराई सम्पतिको क्षती गराउने कुतत्व लाई कानूनी कारवाहीको दायरामा ल्याउने सिडियो रेग्मीले चेतावनी दिएका छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending