Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

कृषि विकास बैंकका कर्मचारीको लापरवाहीः ऋणको ब्याज बुझाउँदै आएका रामचन्द्रको घरजग्गा लिलाम

खबरडबली संवाददाता

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकको चरम लापरबाही बाहिरिएको छ । ऋणको ब्याज मासिक रूपमा बुझाउँदै आएका एक सेवाग्राहीको घरजग्गा बैंकले लिलाम गरेको रहस्य खुलेको हो ।

बैंकबाट लहान नगरपालिका २२ सिसवनी घर भई सोही पालिकाको वडा २ मा बस्दै आएका रामचन्द्र यादवले ०७७ फाल्गुन १५ मा ३० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिएबापत धरौटीको रूपमा बैंकले उनको नाममा रहेको लहानकै कित्ता नम्बर ४६९ को ७.२५ धुर जग्गा र उक्त जग्गामा बनेको १२ कोठे दुई तल्ले घर मालपोत कार्यालयबाट रोक्का गराएको थियो ।

ऋणको ब्याज उनले बैंकमा मासिक रूपमा बैंकमा बुझाउँदै आएका छन् । हालसम्म उनले १९ लाख ९२ हजार ७७३ रुपैयाँ ०९ पैसा ब्याज बैंकलाई बुझाएका हुन् । तर उनलाई जानकारी नै नगराई बैंकले उनको घरजग्गा गुपचुप रूपमा लिलाम गरेको पाइएको छ ।

उक्त जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । जग्गाको १ करोड ४५ लाख र घरको ५० लाख गरी १ करोड ९५ लाख रुपैयाँ घरजग्गाको अहिलेको चलनचल्ती मूल्य रहेको उनको दाबी छ । तर बैंकले उक्त घरजग्गा मात्र ३५ लाख रुपैयाँमा डाक लिलाम गरेको हो ।

बैंक स्रोतका अनुसार रामचन्द्रको घरजग्गा सुनसरीको भोकराहा ३ की ४६ वर्षीया तारा कुमारी रौनियारले डाक लिलाम थामेकी हुन् । रौनियारको नाममा घरजग्गा रजिस्ट्रेसन पास गर्दा बैंकले आवश्यक प्रक्रिया समेत पुरा नगरेको देखिएको छ ।

पीडित ऋणी रामचन्द्र भन्छन्, ‘म मासिक रूपमा बैंकमा किस्ता बुझाउँदै आए । तर मलाई समेत जानकारी नदिई झण्डै २ करोडको मेरो घरजग्गा बैंकले कौडीको भाउमा लिलाम गरेको छ । ममाथि ठूलो अन्याय गर्‍यो ।’ घरजग्गा लिलाम गरिसकेको अवस्थामा समेत बैंकले ऋण रकमको ब्याज बुझेको उनको दाबी छ ।

घरजग्गा कौडीको दरमा लिलाम गरी बैंकले आफूलाई सडकमा ल्याउने र आत्महत्या गर्न बाध्य बनाउन खोजेको पीडित ऋणी रामचन्द्रको गुनासो छ । आफूमाथि अन्यायमा परेको भन्दै उनले न्यायका लागि पुस १० मा विज्ञप्ति जारी गरेका थिए ।

उनले भनेका छन्, ‘ऋणको ब्याज बुझाएकै छु । यद्यपि बैंकले लिलाम गरेको मूल्य अहिले पनि म तिर्न तयार छु । तर मेरो घरजग्गा फिर्ता गरिदियोस् । यदि फिर्ता नगरेमा मेरो घरपरिवारमा हुने नोक्सानीको सम्पूर्ण जिम्मेवारी बैंकले लिनुपर्छ ।’ उनले बैंकमै पुगेर डाक लिलाम गरेको घरजग्गा फिर्ता नगरे आत्महत्या गर्ने चेतावनी समेत दिएका थिए । तर बैंकले बेवास्ता गरेपछि बिहीबार उनले परिवार र आफन्तको सहयोगमा बैंकमा तालाबन्दी गरे । जसका कारण बिहीबार दिनभर बैंक ठप्प रह्यो ।

बैंकमा पीडित ऋणीको परिवारले तालाबन्दी गरेपछि बिहीबार साँझ उद्योग वाणिज्य संघ लहानका प्रतिनिधिको उपस्थितिमा दुई पक्षबीच वार्ता भयो । उक्त वार्तामा बैंकले डाक लिलाम थामेकी रौनियारको जग्गा तत्कालै रोक्का गरी ऋणी रामचन्द्रको नाममा ल्याउने प्रक्रिया अगाडि बढाउने सहमति भएको उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारडाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending