Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

महिलाहरुलाई प्रलोभनमा पारेर शारीरिक शोषण र ठगी गर्ने रामेछापका मगर पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित महिलाहरुको जाहेरीका आधारमा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका– ६ घर भई भक्तपुरको चागुनारायण बस्ने ३४ वर्षीय होमबहादुर मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो ।

उनी साजन मगरका नाममा सामाजिक सन्जालमा सक्रिय छन् । उनले कसैलाई आफ्नो डिपेन्डेन्ट बनाई कोरिया लैजान्छु भन्ने, कसैलाई सहुलियतमा सामान खरिद गर्नेजस्ता बहानामा आर्थिक र शारीरिक शोषण गर्ने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । उनका विरुद्ध जाहेरी दिने मगर समुदायकी एक महिलालाई फेसबुक र ह्वाट्सयापमार्फत सम्पर्क गरी कोरिया पठाउने नाममा २१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।

अर्की एक जाहेरवाली महिलालाई आइफोन दिने नाममा दुई लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । यसबाहेक वैदेशिक रोजगारी तथा विभिन्न प्रलोभनमा पारी महिलाहरुलाई शारीरिक शोषणका मौखिक उजुरी पनि रहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending