Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बंगलादेशमा हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

खबरडबली संवाददाता

ढाका । बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको छानबिन सुरु गरेको छ ।

सन २००९ फेब्रुअरी २५–२६ मा ढाकाको बीडीआर (बंगलादेश राइफल्स) मुख्यालय पिलखानामा अर्धसैनिक विद्रोहमा ७४ जना मारिएको घटनामा यो अनुसन्धान सुरू भएको हो । जसबेला शेख हसिनाले सरकारको नेतृत्व गरिरहेकी थिइन् ।

उक्त घटनामा डिसेम्बर १९ मा ढाकास्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको मुख्य अभियोजकको कार्यालयमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन सेना प्रमुख जनरल मोइन उन अहमदसहित ५८ जनालाई अभियोग लगाइएको छ । अब यस विषयमा अनुसन्धान सुरु भएको छ । सो घटनामा तत्कालिन प्रधानमन्त्री शेख हसिना र उनका मन्त्रीमण्डलका सदस्य संलग्न रहेको दावी गरिएको छ । 

युनुस सरकारले उजुरीको छानबिन गर्न बीडीआरका पूर्व महानिर्देशक मेजर जनरल (रिटायर्ड) एएलएम फजलुर रहमानको नेतृत्वमा सात सदस्यीय आयोग गठन गरेको हो । आयोगले  ‘स्वतन्त्र जिम्मेवारी’का साथ काम गर्ने बंगलादेशका मिडियाले जनाएका छन ।

हसिना सत्तामा आएको एक महिना भित्र ढाकाको पिलखाना ब्यारेकमा बीडीआर सेना अर्थात देशका सीमा रक्षकहरूले विद्रोह गरेका थिए। पछि बिद्रोह धेरै अन्य बीडिआर शिविरहरूमा फैलिएको थियो। बीडीआरका विद्रोही सैनिकले पिलखानामा ७४ जनाको हत्या गरेका थिए, जसमा तत्कालीन बीडीआर प्रमुख मेजर जनरल शकील अहमद सहित ५७ जना सेना अधिकारी रहेका छन ।

त्यस दिन विद्रोही बीडीआर सिपाहीहरूले अफिसरहरूको मेसमा तोडफोडसमेत गरेका थिए ।  धेरै अफिसरका श्रीमती र परिवार पनि सो घटना मारिन पुगेका थिए ।  उक्त हत्याका कारण तत्कालीन हसिना सरकारले बीडीआरको नाम परिवर्तन गरी बीजीबी (बोर्डर गार्ड बंगलादेश) राखेको थियो, जसमा १५२ जनालाई मृत्युदण्ड दिइएको थियो।

तर अहिले हसिना र उनको पार्टी अवामी लिगका नेता र मन्त्रीहरू विद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ । युनुस सरकारका अनुसार छानबिन आयोगको मुख्य काम स्वदेशी तथा विदेशीसँग सम्बन्धित आपराधिक व्यक्ति, समूह, संस्था, संस्था, विभाग र संगठनको पहिचान गर्ने हुनेछ । सो आयोगले ९० दिनभित्र प्रतिवेदन बुझाउने छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: