काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए।
'२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनका बेलामा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँ सरल र सहज स्वभावको हुनुहुन्थ्यो। सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने क्षमता उहाँमा थियो। भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ,' उनले भने।
पिएल सिंह गणेशमान सिंहसँग मात्र नभइ सन्त नेता कृष्णप्ररसाद भट्टराईको पनि प्रिय रहेको सिंहले स्मरण गरे। पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भिरताका साथ निभाउने नेता भएको उनले बताए।
त्यस्तै काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पिएलले आफ्ने कार्यकालमा काठमाडौंलाई महागनगर बनाएको र काठमाडौंको विकासका लागि अन्तराष्ट्रिय सहयोग जुटाएर आधुनिक सहर बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि सिंहले चर्चा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: