Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

उदयपुरमा दशौं संस्करणको नारदमुनि गोल्डकप माघ १५ देखि हुने

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहामा अगामी माघ १५ गतेबाट दशौं संस्करणको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

यसअघि गत असोजमा हुने भनिएको प्रतियोगिता बाढीपहिरोका कारण रोकिएको थियो । २००७ सालका क्रान्ति योद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ । 

बसाहा क्लबका अध्यक्ष गौतम राईले भने, ‘गएको असोज १७ गते गोल्डकप आयोजना गर्न लागिएको थियो । तर असोज १६ गते आएको बाढी पहिरोको कारण रोकियो । पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकेकाले क्लबको बैठकले पूर्वमन्त्रीसमेत रहेका स्व. नारदमुनी थुलुङ राइको माघ २२ गते पर्ने स्वर्गारोहणको मितिलाई लक्षित गरी माघ १५ गतेदेखी दशौं संस्करणको नारदमुनी गोल्डकप सुरु गर्ने निर्णय गरेका छौं ।’

अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा यसअघि असोज १७ गतेका लागि तय गरिएका टिमहरु आयोजक बसाहा क्लब, साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सलेहस क्लब सिराहा र सङ्कटा एफसी काठमाडौंले नै सहभागिता जनाउने बताइएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख २५ हजार पाउनेछन् । प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याचसहित फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजारसहित प्रमाण पत्र र मेडलले सम्मान गरिने आयोजकले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...

यस वर्ष बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

रामेछापका किसानमा जुनार खेतीमा आकर्षण

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...

रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...

भाेजपुरकाे च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending