काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार २ जनाबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।
२ जनाको जीवितै उद्धार गरिएको छ । दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ९६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । उद्धार कार्य जारी भएको र अरूको अवस्था अज्ञात भए पनि उद्धार गरिएका २ जनाबाहेक अरू बाँचेको हुनसक्ने सम्भावना अत्यन्तै न्यून रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चोईले त्यहाँ उद्धार कार्यमा सहयोग गर्न जनशक्ति, स्वास्थ्य सेवा र उपकरणलाई निर्देशन दिएको कार्यालयले जनाएको छ। सरकारले विपन्न परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने पनि उनले बताए ।
दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ। विमानको पछाडिको भागबाट मानिसलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरूले बताएका छन् ।
समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।
विमान दुर्घटनाको ठोस कारण भने पत्ता लागेको छैन । तर, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको हुनसक्ने देखिन्छ ।
यो विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसको पुष्टि हुन सकेको छैन ।
यस भिडियोमा विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि त्यसको केही भाग आगोले जलेको थियो । दोस्रो भिडियोमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखियो ।
दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।
मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ। दक्षिण कोरियाको विमान उद्योग सुरक्षाको हिसाबले राम्रो मानिन्छ।
यो विमान दुर्घटनालाई इतिहासमा जेजु एयरको पहिलो घातक दुर्घटनाको रूपमा वर्णन गरिएको छ।
जेजु एयर २००५ मा स्थापना भएको दक्षिण कोरियाको सबैभन्दा ठूलो कम लागतको एयरलाइन्स मध्ये एक हो।
जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठुलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौं।”
विज्ञप्तिमा थप भनिएको छ, “हामी यस घटनाको जवाफ दिन हरसम्भव प्रयास गर्नेछौं। हामी यस घटनाको लागि क्षमाप्रार्थी छौं।”
तर विमान निर्माण कम्पनी बोइङले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यो भयानक दुर्घटनापछि दक्षिण कोरियाको जेजु एयरसँग सम्पर्कमा रहेको बताएको छ ।
जेजु एयरका अनुसार दुर्घटना बोइङद्वारा निर्मित ७३७–८०० विमानसँग सम्बन्धित थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...
बैशाख १२ गते, २०८३ - ०७:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न लागेको काममा महानगरको सहयोग रहने बताएकी छन् ।...
बैशाख १२ गते, २०८३ - ०७:४४
काठमाडौं । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । समितिले एसपीहरू दीपककुमार थापा, ...
बैशाख १२ गते, २०८३ - ०७:४२
कैलाली । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी ह...
बैशाख ११ गते, २०८३ - २१:३४
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...
बैशाख ११ गते, २०८३ - २१:२५
काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ...
बैशाख ११ गते, २०८३ - २१:१३
काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...


प्रतिकृया लेख्नुहोस्: