दमास्कस । सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन ।अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय सम्पादन गर्ने गरेको आरोप लागेका कुख्यात मोहम्मद कान्जु अल हसनलाइ पक्राउ गरिएको हो ।
सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको त्यहाँको नयाँ सरकारले जनाएको छ । कञ्जु हसनको गिरफ्तारी सिरियामा भर्खरै भएको विद्रोहपछिको सबैभन्दा ठूलो गिरफ्तारी हो।
कान्जु अल हसन सन् २०११ देखि २०१४ सम्म सिरियाली सैन्य अदालतको न्यायाधीश थिए। यस अवधिमा उनले हजारौं मानिसहरूलाई मृत्युदण्ड दिएका थिए। कञ्जु हसनमाथि कैदीका आफन्तहरूबाट विभिन्न माध्यमबाट १५ सय करोड रुपैयाँ भन्दा बढी रकम असुल गरेको आरोप छ ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार कञ्जु हसनलाई बिहीबार अन्य २० जनासँग पक्राउ गरिएको हो । सिरियाका अन्तरिम गृहमन्त्री मोहम्मद अब्देल रहमानले तातुन्स प्रान्तमा लुकेर बसेका कान्जु अल हसनलाई पक्राउ गर्ने क्रममा १४ सरकारी सैनिक मारिएको बताएका छन् ।
कान्जु अल हसनलाई बेलायती सरकारले सन् २०२३ मा सिरियामा सर्वसाधारणमाथि दमन गरेको कारण प्रतिबन्ध लगाएको थियो । कञ्जु सेडनाया जेलमा अमानवीय अपराधको लागि जिम्मेवार मानिन्छन ।
न्यायाधीश कञ्जु हसनमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ । कानुन पढेपछि उनले सिरियाली सेनाको सैन्य अदालतमा काम गर्न सुरू गरेका थिए । २०११ मा जब सिरियामा असद विरुद्ध अरब स्प्रिंग सुरु भयो, हसन दमस्कसको क्षेत्रीय सेना अदालतमा न्यायाधीश थिए।
एक साक्षीका अनुसार हसनले गुप्तचर एजेन्सीहरूसँग राजनीतिक बन्दीहरू विरुद्ध अन्य व्यक्तिहरूबाट झूटो बयान लगाउन लगाउँथे । उनको बेञ्चमा जम्मा सुनुवाइ ३० मिनेट मात्र हुने गरेको थियो, जहाँ अभियुक्तलाई बोल्न दिइँदैन्थ्यो । रकम दिनेलाइ उनी छुट दिन्थे तर रकम नदिनेलाइ उनले ३० मिनेट भित्र मृत्युदण्ड र आजिवन कारावासको सजायँ सुनाइ हाल्थे ।
कञ्जु हसनलाई राष्ट्रपतिले माफी दिए पनि कैदीबन्दीलाई रिहा नगरिदिने गरेको थप आरोप पनि छ । त्यसपछि उनीहरुलाई रिहा गर्नका लागी अभियुक्तका परिवारका सदस्यहरुसँग पैसा असुल्ने गरेका थिए । जो अहिले नयाँ सरकारले पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १७:०८
नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...
फाल्गुन १२ गते, २०८२ - १६:५४
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...
फाल्गुन १२ गते, २०८२ - १६:५०
काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...
फाल्गुन १२ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...
फाल्गुन १२ गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...
फाल्गुन १२ गते, २०८२ - १६:२३
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...
फाल्गुन १२ गते, २०८२ - १६:०३
निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’
फाल्गुन १२ गते, २०८२ - १५:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बता...
फाल्गुन १२ गते, २०८२ - १५:४६
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...
फाल्गुन १२ गते, २०८२ - १५:२४
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...



प्रतिकृया लेख्नुहोस्: