Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

खबरडबली संवाददाता

काठमाडाैं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।

वि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।

यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ ।  बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।

बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यो बैंक आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । बैकको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा बचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति लिएको छ । सोही बमोजिम बैंकले प्रविधिमा आधारित र स्वचालित नयाँ सफ्टवेयर जडान गरि काम गरिरहेको छ ।

कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नै नगद कारोबार हुने ‘क्यास डिपोजिट मेसिन’ एवम् ‘आउटवार्ड चेक एसेप्ट’ गरी क्लियरिङमा पठाउने चेक डिपोजिटसहितको  डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको छ ।

बैंकले हाल १८ घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने बैंकको योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृद्धिको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रक्रिया स्वचालन (आरपीए)को प्रयोग गरिएको छ ।

मोबाइल बैंकिङ फिचर्सलाई अभिवृद्धि गरि थप सहज बनाइएको छ । कोर बैंकिङ सिस्टमलाई फाइनान्स भर्सन १० मा अपग्रेड गरिएको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिपोर्टिङ स्वचालित गर्दै आएको छ ।

व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत तीन हजार ८ सय जनाभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

धेरै विप्रेषण भित्र्याउनेदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म प्राप्त 

यो बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।

युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरी/गराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएको छ । २०२४ मा नेपालबाट ग्लोबल आइएमई बैंकले यस्तो अवार्ड पाएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’बाट समेत सम्मानित भएको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याएको यस बैंक सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।

सञ्चालन नतिजा र कारोबार समीक्षा

आर्थिक वर्ष २०८०/८१ मा बैंकको कारोबार समीक्षा गर्ने हो भने २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

कर दाखिला गर्नुपर्ने विवाद अदालतसम्म पुग्दा जगेडा कोषको रकममा प्रभाव परेको बैंकको दाबी छ । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात् लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात् कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एव अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड रुपैयाँ र कर पछिको मुनाफा ६१३.७४ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ । फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ रुपैयाँ करोडले वृद्धि भएको छ ।

सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोड रुपैयाँले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ ।

कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीका अनुसार यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रुपमा कमी आएपनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको उनको दाबी छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्ब रुपैयाँले वृद्धि भई ५२९.३८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी तर्फ पनि २७.८६ अर्ब रुपैयाँले वृद्धि भई ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको सीईओ रेग्मीको भनाई छ ।

लाभांश इतिहास

यस बैंकले आर्थिक वर्ष २०६८/६९ देखि लाभांश वितरण गर्दै आएको छ । यस आवमा १३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०६९/७० मा लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत, आव २०७२/७३ मा १६ प्रतिशत, आव २०७३/७४ मा २० प्रतिशत र आव २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । यस आवमा  बैंकले लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । जसमा १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७८/७९ मा १३.६० प्रतिशत लाभांश वितरण गरेको यस बैंकले आव २०७९/८० मा ९ प्रतिशत दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद नरहेका कारण कम लाभांश वितरण गर्नु परेको बैंकको दाबी छ ।

आगामी योजना 

ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने सीईओ रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार यस बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । डिजिटल सेवामा बैंक केन्द्रित हुनेछ । बैंकले आगामी दिनमा यी रणनीति/कार्ययोजनाहरु अवलम्बन गर्दै जानेछ:

 “सबैको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरू, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवा केन्द्र मार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठुलो सङ्ख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ ।
 आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्य योजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैकले निक्षेप तर्फ क्यास डिपोजिट र कर्जा प्रवाह तर्फ एमएमई/रिटेल/एकएसएमई/प्रायोरिटी सेक्टर ल्याण्डिङलाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरू सञ्चालन गर्दै जानेछ । जसबाट शेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास लिएका छौँ ।

हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  लक्ष्यहरूलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्धन गरिनेछ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ्ग इकाई स्थापना गरी कार्यक्रम अगाडी बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति लिइनेछ ।

ड्ड बैंकले थप भ्यालु एडेड सर्भिस/प्रोडक्ट बजारमा पुर्‍याउने कार्य योजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एम र फास्ट लोन एजेन्ट शेयर कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।

बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरूबाट वित्तीय संस्थाहरूबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आवमा समेत बैंकको ओपीईसी फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंक, एसियन डेभलपमेन्ट बैंक, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन, एशियन इन्फाइन्ट्रक्चर इन्भेष्टमेन्ट बैंक जस्ता निकायहरूबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडी बढाइने नीति रहेको छ ।

घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत श्रोतको रूपमा महत्त्व दिई आएका छौ । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरू मा समेत निरन्तरता दिइने छ ।
 मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्यहरू निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीन वटै तहका सरकारहरूको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।

विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रहरूमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ । आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ ।

बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरू सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एशियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास  जारी रहेको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरूबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिका जस्ता विभिन्न सम्भाव्य राष्ट्रहरूमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ । त्यसैगरि डिजिटल मनि कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने छ ।

बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिंङ ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरू डिजिटल बैंकिंङको प्रविधि मार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।

बैंकको आन्तरिक काम कारबाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने नीति रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरू, एलसी÷ग्यारेन्टी सुविधा, शेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यावसायिक प्रभावकारिता बढाएको विश्वास सहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने नीति लिएका छौँ ।

कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्य तालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छाैँ ।

बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध छ । सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ ।

मुलुकले अवलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरूको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ ।

समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अवलम्बन गर्नेछ ।

बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अवलम्बन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रक्रियाहरूमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइनेछ ।

बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्ष देखिनै  इन्टरनेशनल फाइनान्स कर्पोरेसनको सल्लाहकार सेवाहरू लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएका छाैँ ।

कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामना बैंकिङ् पुरस्कार बीएन घर्तीलाई

काठमाडौं । सामना बैंकिङ् पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैंयाँ रासीको सामना बैंकिङ् पुरस्कार बैंकिङ् विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ ।  ...

देशभर रहेका ५५ वटा विमानस्थल मध्य २४ मात्रै पूर्ण सञ्चालनमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभर ५५ वटा विमानस्थल छन् । तीमध्ये २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा छन् ।  १५ वटा विम...

परीक्षा केन्द्रको विषयलाई लिएर जनकपुरमा विद्यार्थी आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्याम्पस) का विद्यार्थी आन्दोलित भएका छन् । बुधबार देखि शुरू हुन लागेको स्नातक तहको परीक्षा क...

मन्‍त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो ४ बजे बस्नेगरी सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो।...

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पुर्‍याएपछि ...

राजमार्ग छेउमा मकै पोलेरै जिविका

मोरङ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोले...

पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

विराटनगर । माेरङकाे सुन्दरहरैंचा नगरपालिकाले २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा  पालिकाले किसानसँग २५ प्रति...

भरूवा बन्दुक सहित दुई जना पक्राउ

सर्लाही  । सर्लाहीमा भरूवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । हरिवन नगरपालिका–६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्र...

झापा र म्याग्दीमा भएको आगलागीबाट लाखौँको क्षती

काठमाडौं । झापा र म्याग्दीमा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षती भएको प्रहरीले जनाएको छ ।    झापाको कमल गाउँपालिका–५ पाथिभारा टोल बस्ने बिनोद खर...

धनकुटामा १४ वर्षीया बालिका बलात्कृत

धनकुटा । धनकुटामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा  एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु रहेका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy