Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

कपुरकोट कृषि सहकारीले कोसेली घर संचालन गर्ने

खबरडबली संवाददाता

सल्यान  । सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित कृषि क्षेत्रमा ३ करोड ३१ लाख ३१ हजार ५५१ रुपैया लगानी गरेको हो ।

शनिबार कपुरकोटमा आयोजित १७ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष मधुसूदन गिरिले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०÷०८१ मा ५८ लाख ९२ हजार ७२५ रुपैया आम्दानी गरेको उल्लेख गरे । यसमध्ये ३५ लाख ७७ हजार २५९ रुपैया कपुरकोट कृषि सहकारी संस्थाको एक बर्षको अवधिमा खर्च भएको छ भने खुद नाफा २३ लाख १५ हजार ४६६ रुपैया रहेको छ ।

सहकारीको कुल पुजि ३ करोड ६८ लाख ७७ हजार ६०५ रुपैया रहेको अध्यक्ष गिरीले जनाए । गत आर्थिक बर्षमा सहकारीले १ करोड ४८ लाख ५० हजार ३३१ रुपैया निक्षेप संकलन गरेको छ भने १ करोड २३ लाख २० हजार १६६ रुपैया वचत फिर्ता गरेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुती सहित सहकारीले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराइएको थियो । कपुरकोट गाउँपालिकाभित्र एसइइमा उत्कृष्ट अंक ल्याएर पालिका भित्रकै सामुदायिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने एक जना छात्र र एकजना छात्रालाइ प्रती बर्ष १२ हजार रुपैयाको दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै कपुरकोट कृषि सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कोशेली घर’ निर्माण गर्ने भएको छ । कपुरकोट क्षेत्र कृषि उत्पादनमा सम्पन्न क्षेत्रमध्ये एक हो । अचार, जुस, क्यान्डी बनाउनका लागि तालिम समेत संचालन गर्ने र यहाँका कृषकहरूले उत्पादन गरेको तरकारी, दुग्धजन्य सामग्री, मह, अचार, मसला र अन्य स्थानिय उत्पादन बिक्री वितरण र बजार प्रवद्र्धनका लागि कपुरकोट कोसेली घर संचालनको योजना सहकारीले अघि सारेको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सहकारीले अघि सारेको योजना कोसेली घर संचालनका लागि परामर्श गर्ने बताए । यस्तै कपुरकोट कृषि सहकारी संस्था अब्बल तरिकाले संचालन भइरहेकोमा प्रसंशा गर्दै उनले सहकारीको माध्यमबाट आर्थिक प्रगति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष प्रदिप खड्का, ४ का वडा अध्यक्ष मित्रलाल कठायत, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य घनश्याम शर्मा, उद्योग वाणिज्य संघ सल्यानका उद्योग उपाध्यक्ष पलवीर नेपाली, पत्रकार शंकर केसी, कालिका माबि कपुरकोटका प्रअ चुडामणी केसी, जीवनज्योती नमुना मावि रिमका प्रअ भुपाल साहु, बिरेन्द्र मावि गर्पाका प्रअ डिल बहादुर नेपाली, साना किसान कृषि सहकारी संस्था कपुरकोटका अध्यक्ष डम्बर यरी लगाएतको सहभागिता रहेको थियो । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै सहकारीले सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहभागिहरुको छ ।

कपुरकोट कृषि सहकारी संस्थाका उपाध्यक्ष रुपक बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तुल्सीराम शर्माले गरेका थिए ।

सहकारीका कोषाध्यक्ष खिमलाल गिरि सहित विभिन्न समिती, उपसमितिका संयोजक, सहकारीका सदस्यहरू, सहकारीका प्रवन्धक लिला यरी तथा अन्य कर्मचारी, स्थानीय कृषक र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो । सो अवसरमा सहकारीमा आवद्ध विभिन्न महिला तथा बाल बचत समुहहरुले सांस्कृतिक प्रस्तुती राखेका थिए । २०६५ सालमा स्थापना भएको कपुरकोट कृषि सहकारी संस्थामा १२५६ सदस्य आवद्ध छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

घरटहरा हटाउने कार्यमा काठमाडौँ महानगरको साथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न लागेको काममा महानगरको सहयोग रहने बताएकी छन् ।...

सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।  समितिले एसपीहरू दीपककुमार थापा, ...

कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

कैलाली  । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी ह...

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending