Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

अखिल क्रान्तिकारीमा नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिए एक दर्जन नेता

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुँदा अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार सबै बाहिरिएका छन् । उमेर हद कायम हुँदा अहिले उपमहासचिव र त्योभन्दा तल्लो वरीयता रहेका विद्यार्थी नेताहरूको बाहुल्य हुने भएको हो ।

३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लाग्ने पक्षमा बहुमत आएको थियो । शनिबार भएको निर्वाचनको आइतबार राति अबेर सार्वजनिक मतपरिणाम अनुसार उमेर हद लागु गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो ।

अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ । फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म अब ३२ वर्षे उमेर हद लागू हुने बताए । इकाइ कमिटीमा भने यसअघि नै  ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । यही विवादका कारण गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३ औ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । यो विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो ।

अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिने छ । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १२ गते निर्वाचन कार्यक्रम छ ।

 को-को बाहिरिए अध्यक्षको दाबेदारबाट ?

अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।

अखिल क्रान्तिकारीको नेतृत्वमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पक्षधरबीच प्रतिस्पर्धा हुने सो संगठनका नेताहरु बताउँछन् ।  उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत प्रतिस्पर्धाबाट बाहिरिने छन् । यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिने छन् ।

योसँगै निवर्तमान उपमहासचिव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ । ३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी छन् । कोशीको निवर्तमान अध्यक्ष राई नेता सुदन किराँती निकट हुन् । उनी उपमहासचिव शर्मा पक्षधरका हुन् ।

बागमतीबाट अध्यक्षमा अर्का आकांक्षी रोशन थापामगर देखिएका छन् । नेता जनार्दन शर्मा पक्षका उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति थिए ।

बागमतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहेका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन् । उमेर हद लागु हुँदा अध्यक्षका दाबेदार गर्ने ठकुरी पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिकका भनेर चिनिन्छन् ।

उमेर हद लागू भए गण्डकीबाट केन्द्रीय अध्यक्षको दाबी गर्नेमा नारायण बडाल र सुदिन पौडेल छन् । दुवै जना विघटित कमिटीका उपहासचिव हुन् । बडाललाई नेता शर्मा र पौडेललाई वर्षमान पुनको साथ छ ।

लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षका आकांक्षी देखिएका छन् । सचिवको कार्यकाल सकाएका विष्ट वर्षमान पुन पक्षधर हुन् ।

उमेर हद लागु हुँदा कर्णालीका तिर्सना हमाल, योगेन्द्र बुढा अध्यक्षका आकांक्षी देखिएका छन् । अघिल्लो कार्यकालमा उपमहासचिव रहेकी हमाल वर्षमान पुन पक्षधर हुन् भने अघिल्लो कार्यकाल उपमहासचिव रहेका बुढा कृष्णबहादुर महरा निकट मानिन्छिन् ।

सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन् । वर्षमान पक्षधर उनी अघिल्लो कमिटीमा उपमहासचिव थिइन् ।

उमेर हद लागु गर्दा महासचिवमा मदन ढकाल, देवेन्द्र शर्मा, आरती शर्मा, लगायत आकांक्षी देखिएका छन् । अघिल्लो कमिटीका केन्द्रीय सदस्य ढकाल पार्टी अध्यक्ष प्रचण्ड पक्षधर हुन् ।

जनार्दन टीमबाट देवेन्द्र शर्मा महासचिवका आकांक्षी हुन् । अघिल्लो कार्यकाल केन्द्रीय सचिवालय सदस्य रहेकी आरती शर्मा कुनै समूहमा खुलेकी छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

घरटहरा हटाउने कार्यमा काठमाडौँ महानगरको साथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न लागेको काममा महानगरको सहयोग रहने बताएकी छन् ।...

सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।  समितिले एसपीहरू दीपककुमार थापा, ...

कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

कैलाली  । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी ह...

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending