Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

उखु उत्पादनलाई प्रोत्साहन गर्न पोखरामा खुदो मेला

खबरडबली संवाददाता

गण्डकी । पुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै हिँड्ने प्रचलन यस क्षेत्रको छुट्टै संस्कृति जस्तै बनिसकेको थियो ।

यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बनेपनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

महानगरपालिकाले उखु पकेट क्षेत्रका रूपमा यस क्षेत्रमा विभिन्न किसिमका प्रोत्साहन सहयोग गरिरहेको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

‘हामीले यस क्षेत्रमा उखु खेतीको आकर्षण एवं सम्भावनालाई दृष्टिगत गरी तीन वर्षयता उखु पकेट क्षेत्र घोषणा गरेका छौँ’, उनले भने, ‘पकेट क्षेत्रअन्तर्गत यस क्षेत्रमा कृषकलाई प्रतिरोपनी एक हजार पाँच सय दरले प्रोत्साहन रकम प्रदान गरिएको छ भने उखु पेल्ने मेसिन खरिदमा ५० प्रतिशत अनुुदान उपलब्ध गराइएको छ । यहाँको खुदोको पहिचानलाई हराउन नदिन प्याकेजिङ, ब्राण्डिङ, प्रयोगशाला परीक्षण आदिमा सहयोग गरिएको छ ।’

मालेपाटन ढोडबेँसीको खुदो उत्पादनको इतिहासलाई जगेर्ना गर्दै कृषकलाई थप उत्प्रेरित गर्न महानगरका कृषि विकास शाखा एवं व्यवसाय प्रवर्द्धन केन्द्रले खुदो मेला आयोजना गरेका केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।   मेलाका अवसरमा खुदो खाने प्रतियोगिता, सबैभन्दा राम्रो व्यापारिक कक्षलाई पुरस्कार, उखु उत्पादक कृषकलाई सम्मानसँगै तातो खुदो खान पाउने व्यवस्था गरिएको थियो ।

मेलाका अवसरमा राम्रो व्यवस्थापनसहित धेरै क्षेत्रफलमा उखु उत्पादन गर्ने उत्कृष्ट कृषकहरू तुलसी तिमल्सिना, पूूर्णबहादुर धमला, रामचन्द ओझा र लोकनाथ अधिकारीलाई महानगरपालिकाका तर्फबाट पहिलो, दोस्रो, तेस्रो र चौथो पुरस्कार स्वरुप क्रमशः १० हजार,  सात हजार,  पाँच हजार र  तीन हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै खुदो खाने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने क्रमशस् रञ्जन सुवेदी, गुरुदत्त पराजुली, बाबुराम पौडेल र शेखरनाथ लामिछानेलाई पुरस्कृत गरिएको थियो । उनीहरूलाई क्रमशः चार लिटर, तीन लिटर, दुई लिटर र एक लिटर खुदो प्रदान गरी पुरस्कृत गरिएको थियो ।

मेलाका अवसरमा सहभागीलाई तातो खुदोको स्वाद चखाइएको थियो भने विभिन्न व्यापारिक कक्षमार्फत खुदो किनेर लैजाने व्यवस्था गरिएको थियो । मेलामा उखु उत्पादक कृषक मीना धमलाले उखुबाटै बनाइएको बाला, मालाका साथै छड्के तिलहरी आदि गरगहना लगाएर आकर्षणको केन्द्र बनेका थिए । उखु खेतीबाटै आफू आत्मनिर्भर बनेको र यसैका माध्यमबाट गरगहना समेत किन्ने भएकोले प्रतिकात्मक रूपमा उखुबाट गरगहना बनाएर लगाएको उनले बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। महानगरपालिकाले उत्पादनमा जोड दिएको बताउँदै उनले उत्पादनमा आधारित अनुदानमा जोड दिँदै त्यसमार्फत उत्पादनकै माध्यमबाट रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने योजनामा महानगर रहेको बताए।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक वासु रेग्मी, पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्क्लबहादुर कार्की लगायतले मालेपाटन ढोडबेसी क्षेत्रको उखु खेतीको इतिहास र सम्भावनालगायत विषयमा आ आफ्ना धारणा राखे ।

बुढापाकाहरूका अनुसार दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन थियो । उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको स्थानीयवासी बताउँछन् ।

नेपाली संस्कृतिअनुसार पुस १५ मा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिका)खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले यस अवधिमा निकै माग हुुने गर्दछ ।

उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको स्थानीयवासी महेश्वर पौडेलले बताए।

व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन पनि गर्दै आएको छन् । मालेपाटन र ढोडबेँसी क्षेत्रमा एक करोड बराबरको कारोबार हुने गरेको छ ।

विगतमा यस क्षेत्रमा रैथाने, काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई विसं २०५० मा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

घरटहरा हटाउने कार्यमा काठमाडौँ महानगरको साथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न लागेको काममा महानगरको सहयोग रहने बताएकी छन् ।...

सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।  समितिले एसपीहरू दीपककुमार थापा, ...

कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

कैलाली  । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी ह...

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending