Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

बेल्जियममा सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्ध

खबरडबली संवाददाता

ब्रसेल्स । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ ।

राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्षाका लागी बेल्जियममा सन् २०२५ जनवरी १ देखि ‘डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट)’हरू बेच्न निषेध गरिनेछ ।

युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धुम्रपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने छ ।

ईयूका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् । पारम्परिक सुर्तीजन्य पदार्थको धुम्रपानभन्दा ‘भ्याप्स’लाई कम हानिकारक भनी विज्ञापन गरिनेगरिएको छ ।

निर्माताहरूले युवा प्रयोगकर्ताहरूलाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्नेगरेको पाइन्छ ।

विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताहरूले गर्ने प्रचारका बावज्द पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धुम्रपानका लागि अत्यधिक लत लाग्छ ।

आलोचकहरूले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनहरूको लागि सम्भावित कदम भएको दाबी गरेका छन् ।बेल्जियमको धुम्रपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भने “समस्या के हो भने युवाहरूले आफ्नो निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र निकोटिन लतमा फस्छन् ।”

उनले एएफपीसँग भने, “हामीलाई प्राप्त जानकारी अनुसार युवाहरूले रातको समयमा उठेर विद्युतीय चुरोट सेवन गर्छन् र यो धेरै चिन्ताजनक बिषय हो ।

बेल्जियमले पाँच वर्षभन्दा पहिले बजारमा आएका डिस्पोजेबल ई–सिगरेटद्वारा उत्पन्न खतराहरूबारे द्रुतरूपमा प्रतिक्रिया जनाउँदै सन् २०२१ मा सङ्घीय सरकारले इयूको कार्यकारी निकाय युरोपेली आयोगमा डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेको थियो ।

कुनै पनि बिक्री प्रतिबन्धको लागि आफ्नो अनुमोदन दिनु पर्ने आयोगले मार्च २०२४ मा बेल्जियमलाई सकारात्मक प्रतिक्रिया दिएको र यसले राष्ट्रिय कानुन लागू गर्न मार्ग प्रशस्त गरेको छ ।

फ्रान्सले पनि यस्तै प्रतिबन्धका लागि ईयूको स्वीकृति पाएको छ । कुनै पनि उल्लङ्घनको लागि एक लाख चार हजार अमेरिकी डलर बराबरको जरिवानासहित भेप्सको उत्पादन, बिक्री र निःशुल्क आपुर्तिमा प्रतिबन्ध लगाउनेछ कानुन कार्यान्वयनमा ल्याउने तयारी फ्रान्सले गरेको छ ।

फ्रान्स र बेल्जियमका स्वास्थ्य अधिकारीहरूले निकोटिनको दीर्घकालीन सेवन विशेष गरी किशोरकिशोरीको मस्तिष्कका लागि हानिकारक हुने र यसले अन्य लागूपदार्थको प्रयोगलाई प्रोत्साहित गर्न सक्ने बताएका छन् ।

सन् २०२३ मा इयूले गरेको एक अध्ययनअनुसार अधिकांश विद्युतीय चुरोट प्रयोगकर्ताले रिचार्जेबल भेप रोज्ने गरेको तर डिस्पोजेबल संस्करण १५ देखि २४ वर्ष उमेर समूहका युवामाझ लोकप्रिय रहेको पाइएको छ ।

कम लागत, सेवन गर्न सजिलो र सामाजिक मिडियामा जताततै विज्ञापन आएका कारण डिस्पोजेबल भेप्स पनि उनीहरूको आकर्षण हुने गरेको छ ।

पाँच वा छ यूरोमा पाइने डिस्पोजेबल भेप्स २० पाकेट चुरोटको आधा मूल्य हो । विशेषज्ञहरूका अनुसार नौ हजार सर्को तान्न मिल्ने क्षमता भएका केही भेप्समा ३०० भन्दा बढी चुरोटबाट पाउने सन्तुष्टि मिल्ने गर्छ ।

ब्रसेल्सका धेरै तमाखु पसलहरूमा एकल–प्रयोग ई–सिगरेटको अभाव भइरहेको देखिन्छ । प्रतिबन्धका कारण निर्माताले आफ्ना उत्पादनलाई रोकेका छन् ।।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending