पाल्पा। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताएका छन ।
मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै उनले संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनु पर्ने पनि बताए । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा चर्चा गर्दै उहाँले काँधमा आएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन ।
सिंहले ०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्केका वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरुको स्वागतमा विमानस्थल पुगे पनि प्रहरीले सिधै गिरफ्तार गरेको सन्दर्भ स्मरण गरेका छन । ‘प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता हामीलाई चाहिन्छ । त्यतीले मात्र पुग्दैन राष्ट्रियता पनि बलियो हुनुपर्छ भन्नेमा उहाँहरुले जोड दिनुभएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आजको दिनमा हामीहरुले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण,सम्वद्र्धन गनुपर्छ ।’ त्यसका लागि नेपाली कांग्रेस पार्टीलाई आउँदै गरेको चुनौति सामना गर्न सक्षम, प्रभावकारी र व्यवस्थित पार्टी बनाउनतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए ।
लोकतन्त्र सुदृढ गर्न र राष्ट्रियता मजबुत बनाउन सक्ने गरि कांग्रेसलाई अगाडी बढाउन सके संस्थापक अग्रज नेताहरुको साँचो सम्मान हुने पनि उनको भनाइ छ । प्रजातन्त्र बचाउने र राष्ट्रिय बलियो बनाउने नीति लिएर कांग्रेस अघि बढ्नुपर्नेमा सिंहले जोड दिए ।
‘तत्कालिन समयमा दक्षिण एसियाका देशहरुमा अस्थिरता बढेको र राष्ट्रियतानै संकटमा परिरहेको थियो । त्यसबेला वीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देशको राष्ट्रियता जोगाउनका लागि चुनौति मोलेरै स्वदेश फर्कनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो,’ सिंहले भने, ‘राष्ट्रियता माथि नै आँच आउन सक्ने सम्भावना भएकाले प्रजातन्त्रवादीहरुले त्यस्तो अवस्थामा दुख कष्ट गरेर भएपनि राष्ट्रियता जोगाउन देशभित्रै बस्नुपर्छ भन्ने नीति लिएर आउनुभयो ।’
कांग्रेसका संस्थापक नेताहरुले प्रतिपादन गरेको सिद्धान्त र स्थापित गरेको प्रजातान्त्रिक मूल्य मान्यताको कदर गर्नुपर्ने पनि उनको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...
बैशाख २९ गते, २०८३ - १२:१७
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...
बैशाख २९ गते, २०८३ - ११:५८
बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ...
बैशाख २९ गते, २०८३ - ११:३५
पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...
बैशाख २९ गते, २०८३ - ११:१३
तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...
बैशाख २९ गते, २०८३ - १०:४७
काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...
बैशाख २९ गते, २०८३ - १०:३३
काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...
बैशाख २९ गते, २०८३ - १०:१६
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...
बैशाख २९ गते, २०८३ - १०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...


प्रतिकृया लेख्नुहोस्: