पाल्पा। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताएका छन ।
मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै उनले संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनु पर्ने पनि बताए । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा चर्चा गर्दै उहाँले काँधमा आएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन ।
सिंहले ०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्केका वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरुको स्वागतमा विमानस्थल पुगे पनि प्रहरीले सिधै गिरफ्तार गरेको सन्दर्भ स्मरण गरेका छन । ‘प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता हामीलाई चाहिन्छ । त्यतीले मात्र पुग्दैन राष्ट्रियता पनि बलियो हुनुपर्छ भन्नेमा उहाँहरुले जोड दिनुभएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आजको दिनमा हामीहरुले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण,सम्वद्र्धन गनुपर्छ ।’ त्यसका लागि नेपाली कांग्रेस पार्टीलाई आउँदै गरेको चुनौति सामना गर्न सक्षम, प्रभावकारी र व्यवस्थित पार्टी बनाउनतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए ।
लोकतन्त्र सुदृढ गर्न र राष्ट्रियता मजबुत बनाउन सक्ने गरि कांग्रेसलाई अगाडी बढाउन सके संस्थापक अग्रज नेताहरुको साँचो सम्मान हुने पनि उनको भनाइ छ । प्रजातन्त्र बचाउने र राष्ट्रिय बलियो बनाउने नीति लिएर कांग्रेस अघि बढ्नुपर्नेमा सिंहले जोड दिए ।
‘तत्कालिन समयमा दक्षिण एसियाका देशहरुमा अस्थिरता बढेको र राष्ट्रियतानै संकटमा परिरहेको थियो । त्यसबेला वीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देशको राष्ट्रियता जोगाउनका लागि चुनौति मोलेरै स्वदेश फर्कनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो,’ सिंहले भने, ‘राष्ट्रियता माथि नै आँच आउन सक्ने सम्भावना भएकाले प्रजातन्त्रवादीहरुले त्यस्तो अवस्थामा दुख कष्ट गरेर भएपनि राष्ट्रियता जोगाउन देशभित्रै बस्नुपर्छ भन्ने नीति लिएर आउनुभयो ।’
कांग्रेसका संस्थापक नेताहरुले प्रतिपादन गरेको सिद्धान्त र स्थापित गरेको प्रजातान्त्रिक मूल्य मान्यताको कदर गर्नुपर्ने पनि उनको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: