Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन्ः महासचिव पाेखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उनकाे दावी छ ।

'नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो, एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैन’, उनले भने । मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उनकाे भनाइ छ । यो मिसन पुरा गर्न त्यति सजिलो नभए पनि एमालले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ । 

सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उनले जनाए । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने बताउँदै उनले भने, 'अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ।’

गरिबी माथिको भद्दा मजाक अब राजनीतिको खेलो फड्को बन्न नहुनेमा पोखरेलले जोड दिए । समाजवादको बाटोमा अघि बढ्ने हो भने अब धेरै पार्टी होइन बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘अब एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गरेको छ’, उनले भने ।

नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको जनाए । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनकाे भनाइ रहेकाे छ ।

बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्ने परम्परा विश्वमा कतै नभएको बताउँदै नेपालमा बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्न खोजेकाले देशका दुई ठुला पार्टी एक ठाउँमा उभिनु परेको उनले जनाए । ‘नेपालमा ३२ सिट म्याजिक नं २ सय ७५ सिटमा ३२ सिटले शासन गर्छ, अब पाँचै वर्ष, यस प्रकारको भद्दा मजाक गर्ने नेता पुष्पकमल दाहाल प्रचण्ड हुन,' उनले भने । 

अहिले पनि प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको जनाउँदै अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिँड्नु भएको पोखरेलकाे भनाइ रहेकाे छ ।

पशुपतिको जलहरीको कुरा उठाएर माओवादीका नेताहरूले टनका टन सुन आफ्नो घरमा पुर्‍याएका पोखरेलले दाबी छ । माओवादीको नेतृत्वको सरकार भएको बेला सबैभन्दा ठुला तस्करसँग माओवादी कार्यकर्ताको विवाह गराउने काम भएको पनि स्मरण गराउँदै यस्ता व्यक्तिले आफूलाई सुशासनका नायक भनेर भद्दा मजाक गरेको उनले सुनाए । नेपालको राजनीतिलाई विकृत बनाउने काम माओवादीबाट भएको उनकाे ठम्याइ छ ।

पुरानाका दिन सकिए, जान्नेलाई छान्नु पर्छ भन्नेहरू कति जान्ने रहेछन् भन्ने कुरा पनि देखिएको बताउँदै नैतिक, आर्थिक र सामाजिक रूपमा समेत उनीहरू विकृत भएका उनले जनाए ‘जे छोयो त्यसैमा समस्या, नागरिकता हेर्‍यो नागरिकतामा समस्या, पासपोर्ट हेर्‍यो पासपोर्टमा समस्या, व्यवसायमा लाग्यो त्यहीँ समस्या देखिएकै छ’, उनले भने ।

जान्ने भनिएकाहरू लुटपाट, ठगीमा जान्ने देखिएका  जनाउँदै उल्टो उनीहरूले आफ्नो संलग्नता नरहेको भन्दै अपराधलाई ढाकछोप गर्ने काम गरिरहेको पोखरेलले सुनाए । नेकपा एमाले नेतृत्वको सरकार बनेपछि देशमा आर्थिक सञ्चिति बढेको, विकासले गति लिएको तथा लगानीको वातावरण सिर्जना भएको पोखरेलकाे जिकिर छ ।  कानुनी सुधार क्षेत्रमा पनि नयाँ ढङ्गले काम गर्ने भनेर दुई दलले संयन्त्र नै बनाइ सकेका उनले जानकारी दिए ।

नयाँ पुस्ता क्षमताको साथ राजनीतिमा आउनु पर्ने बताउँदै उहाँले पुराना पुस्तको अनुभवबाट नयाँ पुस्ताले सिक्नु पर्ने बताउँदै केही नजानेकालाई शासन सत्ता दिने कुराले देशलाई अझ बरबादी तर्फ लैजाने पोखरेलको धारणा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending