Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन्ः महासचिव पाेखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उनकाे दावी छ ।

'नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो, एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैन’, उनले भने । मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उनकाे भनाइ छ । यो मिसन पुरा गर्न त्यति सजिलो नभए पनि एमालले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ । 

सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उनले जनाए । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने बताउँदै उनले भने, 'अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ।’

गरिबी माथिको भद्दा मजाक अब राजनीतिको खेलो फड्को बन्न नहुनेमा पोखरेलले जोड दिए । समाजवादको बाटोमा अघि बढ्ने हो भने अब धेरै पार्टी होइन बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘अब एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गरेको छ’, उनले भने ।

नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको जनाए । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनकाे भनाइ रहेकाे छ ।

बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्ने परम्परा विश्वमा कतै नभएको बताउँदै नेपालमा बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्न खोजेकाले देशका दुई ठुला पार्टी एक ठाउँमा उभिनु परेको उनले जनाए । ‘नेपालमा ३२ सिट म्याजिक नं २ सय ७५ सिटमा ३२ सिटले शासन गर्छ, अब पाँचै वर्ष, यस प्रकारको भद्दा मजाक गर्ने नेता पुष्पकमल दाहाल प्रचण्ड हुन,' उनले भने । 

अहिले पनि प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको जनाउँदै अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिँड्नु भएको पोखरेलकाे भनाइ रहेकाे छ ।

पशुपतिको जलहरीको कुरा उठाएर माओवादीका नेताहरूले टनका टन सुन आफ्नो घरमा पुर्‍याएका पोखरेलले दाबी छ । माओवादीको नेतृत्वको सरकार भएको बेला सबैभन्दा ठुला तस्करसँग माओवादी कार्यकर्ताको विवाह गराउने काम भएको पनि स्मरण गराउँदै यस्ता व्यक्तिले आफूलाई सुशासनका नायक भनेर भद्दा मजाक गरेको उनले सुनाए । नेपालको राजनीतिलाई विकृत बनाउने काम माओवादीबाट भएको उनकाे ठम्याइ छ ।

पुरानाका दिन सकिए, जान्नेलाई छान्नु पर्छ भन्नेहरू कति जान्ने रहेछन् भन्ने कुरा पनि देखिएको बताउँदै नैतिक, आर्थिक र सामाजिक रूपमा समेत उनीहरू विकृत भएका उनले जनाए ‘जे छोयो त्यसैमा समस्या, नागरिकता हेर्‍यो नागरिकतामा समस्या, पासपोर्ट हेर्‍यो पासपोर्टमा समस्या, व्यवसायमा लाग्यो त्यहीँ समस्या देखिएकै छ’, उनले भने ।

जान्ने भनिएकाहरू लुटपाट, ठगीमा जान्ने देखिएका  जनाउँदै उल्टो उनीहरूले आफ्नो संलग्नता नरहेको भन्दै अपराधलाई ढाकछोप गर्ने काम गरिरहेको पोखरेलले सुनाए । नेकपा एमाले नेतृत्वको सरकार बनेपछि देशमा आर्थिक सञ्चिति बढेको, विकासले गति लिएको तथा लगानीको वातावरण सिर्जना भएको पोखरेलकाे जिकिर छ ।  कानुनी सुधार क्षेत्रमा पनि नयाँ ढङ्गले काम गर्ने भनेर दुई दलले संयन्त्र नै बनाइ सकेका उनले जानकारी दिए ।

नयाँ पुस्ता क्षमताको साथ राजनीतिमा आउनु पर्ने बताउँदै उहाँले पुराना पुस्तको अनुभवबाट नयाँ पुस्ताले सिक्नु पर्ने बताउँदै केही नजानेकालाई शासन सत्ता दिने कुराले देशलाई अझ बरबादी तर्फ लैजाने पोखरेलको धारणा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending