रामपुर। जिल्लाको रामपुरमा खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो।
किङ्गस क्लव रामपुरको आयोजना र भम्बक युनाईटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता हुने भएको हो । युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान र नयाँ खेल प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको किङ्गस क्लवका अध्यक्ष योगेन्द्र हमालले बताए।
प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र रुपन्देही आठभन्दा बढी पालिकाको उपस्थिति रहने खेल संयोजक लक्ष्मण मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी समूहले दुई जना अन्य पालिकाको खेलाडी सहभागी गराउन सक्नेछन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर चर्चामा रहेका खेलाडीको समेत सहभागीता रहने मल्लले बताए।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः एक लाख एक हजार १११ रुपियाँ, ६६ हजार ६६६ रुपियाँ, ४४ हजार ४४४ रुपियाँ र २२ हजार २२२ रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: