चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएको छन ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे।
महामन्त्री थापाले भने, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।” पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। दानमध्येको ठूलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
सामाजिक काममध्येको महत्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबीच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरुप सम्बन्ध स्थापित हुने बताए। उनले थपे, “रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।”
उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदानको महत्वका बारेमा प्रकाश पारेको थिए। सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायत व्यक्तको उपस्थिति थियो ।
जिल्लामा उपचारका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सङ्घ संस्थाले यहाँ रक्तदानका कार्यक्रम गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...
बैशाख २९ गते, २०८३ - १२:१७
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...
बैशाख २९ गते, २०८३ - ११:५८
बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ...
बैशाख २९ गते, २०८३ - ११:३५
पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...
बैशाख २९ गते, २०८३ - ११:१३
तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...
बैशाख २९ गते, २०८३ - १०:४७
काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...
बैशाख २९ गते, २०८३ - १०:३३
काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...
बैशाख २९ गते, २०८३ - १०:१६
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...
बैशाख २९ गते, २०८३ - १०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...


प्रतिकृया लेख्नुहोस्: