Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

जसपा नेपाल उद्योग वाणिज्य विभागमा पदाधिकारी चयन

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण गुरुङ विभागको प्रमुखमा मनोनीत भएका छन् भने उपप्रमुखमा धमेन्द्रकुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनाेट भएका छन् । 

बिहीबार पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय सचिव शैलेन्द्र साहको अध्यक्षता र महासचिव रामकुमार शर्माको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य प्रमोद साह र तारा विश्वकर्मालगायतको उपस्थितिमा बसेको बैठकले विभागको पदाधिकारी र सदस्य चयन प्रक्रिया टुङ्ग्याएको छ । विभागको बैठकले पार्टी निकट उद्योगी व्यवसायीहरूको राष्ट्रिय भेला आगामी फाल्गुनभित्र आयोजना गर्ने निर्णय गरेको छ । 

यसैगरी, कृषि, उद्योग, जलश्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी मैत्री वातावरण तयार गर्न अध्ययन, अनुसन्धान, छलफल, गोष्ठी, अन्तरक्रिया गर्नुका साथै उद्योग, वाणिज्य र व्यापार सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने विभागले निर्णय गरेको जानकारी सो पार्टीको सचिवालयले दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाट आयआर्जन गर्दै दलित महिला

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।  सशिया महाराज दलित म...

कास्कीमा लागु औषध ब्राउन सुगरसहित तीनजना पक्राउ

कास्की । लागु औषध ब्राउन सुगरसहित पोखराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास...

एमाले र माओवादीको केन्द्रीय कमिटीकाे बैठक भाेलीबाट सुरु हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक भाेलीबाट सुरु हुने भएकाे छ । भाेली (आइतबार)देखि राजधा...

डोटीमा महिलाको शंकास्पद मृत्यु

डोटी । डोटीको सायल गाउँपालिका -६, दल्लेखका महिलाको शंकास्पद मृत्यु भएको छ । भीम नेपालीको २३ वर्षीया श्रीमती शान्तिको शनिबार बेलुका ४ बजेतिर शंकास्पद म...

काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ हुने

काठमाडौं । नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्...

देशकाे नेतृत्व एक पटक नेकपाले गर्नुपर्छ: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक का...

खाेटाङमा बलात्कृत महिलाको गर्भमा ६ महिनाको बच्चा

खोटाङ । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भ...

सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो: नैनसिंह महर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्र...

रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ ।  जिल्ला प्रहरी कार...

अवरुद्ध महाकाली लोकमार्ग खुल्यो

दार्चुला । महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा ६ दिनदेख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy