Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सात वर्षदेखिको सास्ती घटाउन दाउन्नेमा अनुगमन

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल सक्रिय भएको छन्। विगत सात वर्षदेखि यात्रुले खेप्दै आएको सास्ती कम गर्न र निर्माण कार्यलाई तीव्रता दिन उनले स्थलगत अनुगमन गरी सरोकारवाला निकायलाई निर्देशन दिएको हो।

दाउन्ने बजार, घिउखोला र विश्वकर्मा मन्दिर आसपासको करिब ७ किलोमिटर क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ। वर्षायाम सुरु भएसँगै सडक हिलो र चिप्लो हुने भएकाले सवारीसाधन उकालो चढ्न नसक्ने, बिचमै रोकिने र सडक अवरुद्ध हुने समस्या दैनिकजसो दोहोरिँदै आएको छ।

नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) का आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि र सुरक्षा निकायका अधिकारीसहित अनुगमनमा पुगेका प्रजिअ नेपालले समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिए। उनले वर्षामा अत्यधिक चिप्लिने स्थानहरूमा तत्काल ग्राभेल हालेर आवागमन सहज बनाउन र निर्माण कार्यमा थप जनशक्ति परिचालन गरी कामलाई गति दिन आयोजना र निर्माण कम्पनीलाई सचेत गराएको छन्।

साथै, सडक जामको प्रमुख कारण मानिएको अव्यवस्थित ओभरटेक र लेन अनुशासनको अभाव नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ। प्रजिअ नेपालले तिलकपुरस्थित धर्मकाँटाको समेत निरीक्षण गर्दै ओभरलोड मालवाहक सवारीका कारण सडक थप जीर्ण बनेको भन्दै त्यस्ता सवारीलाई जरिवानासहित कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिए।

दाउन्ने खण्डको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालको सुस्त कार्यशैली र न्यून जनशक्तिका कारण चुनौती देखिएको छ। यद्यपि, दाउन्ने पश्चिम आयोजना प्रमुख पशुपति ज्ञवालीले आगामी वैशाख महिनाभित्र दाउन्ने खण्डको एकतर्फी निर्माण सम्पन्न गर्ने दाबी गरेको छन्।

२०७५ साल माघ २४ गते सम्झौता भई साढे तीन वर्षमा (२०७९ साउन) सक्ने गरी सुरु भएको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पटक–पटकको म्याद थपमा अल्झिएको छ। तेस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएपछि अहिले चौथो पटकका लागि २०८३ साल साउन पहिलो सातासम्म म्याद थप गरिएको छ।

प्रजिअको पछिल्लो सक्रियताले निर्माण कार्यले गति लिने र यात्रुले भोग्दै आएको सास्ती केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...

ट्रकको ठक्करबाट घाइते भएका प्रहरी इन्स्पेक्टर लामाको निधन

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...

२९ वैशाखभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...

मनाङमा ट्रक दुर्घटना: चालकको मृत्य

लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending