Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

खबरडबली संवाददाता

 काठमाडौं ।  चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ ।

जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।

यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल रू २० वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन् । यसपालि उखुको मूल्य रू पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ ।

गत वर्ष यो मूल्य रू पाँच सय ६५ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल रू ७० अनुदानवापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ ।

गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ । ‘मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको सात दिन नकट्दै हाम्रै खातामा रकम आइसक्छ’, भङ्गाहा( ४ का किसान अरूण गिरी भन्छन्, ‘पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखुखेतीमा जाँगर जोडेको छ ।’ त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रूँदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन् ।

उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छभने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ । ‘पुस १० गतेसम्म तौल भएको उखुको भुक्तानी भइसकेको छ, अब हामी पुस १५ सम्म भएको तौलको भुक्तानी तयारी गर्दैछौँ’, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्छन्, ‘सामान्यतः तौल भएको पाँच(पाँच दिनमा भुक्तानी गर्ने नीति बनाइएको छ ।’ चौथोपटकको भुक्तानी भोलिसम्म गरिने उहाँको भनाइ छ । उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा रू २५ करोड छ लाख १३ हजार नौ सय ८६ भुक्तानी गरिसकेको छ ।

उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आफूहरूको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् ।’हामीले गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धिको माग गरेका थियौँ, तर सरकारले प्रतिक्विन्टल रू २० थपेर झारा टारेको छ’, उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा भन्छन्, ‘यसमा सरकारले पुनर्विचार गर्नुपर्छ ।’

आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो । यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । दुई दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर तीन वर्षअघि पाँच हजार बिघामा झरेको थियो । उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन् ।

यसपालि नौ हजार बिघामा उखुखेती गरिएको छ । आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending