Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मधेशमा कांग्रेस र एमालेमा तरंग, जनमतले लगायो ८ बुँदे आरोप

खबरडबली संवाददाता

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीति तरंगित भएको छ ।

मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट कांग्रेस–एमालेप्रति लगाइएका आरोपसहितको वक्तव्य शुक्रबार सार्वजनिक गरेको थियो । यस विषयमा कांग्रेस र एमाले भित्र अब अगाडि कसरी बढ्ने विषयमा बहस भइरहेको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव चारदलीय सत्ता गठबन्धनका नेताहरु बसेर यस विषयमा छलफल गर्ने बताउँछन् । ‘म हिजोसम्म जनकपुर बाहिर थिएँ । आज बिहानै जनकपुर आएको छु । गठबन्धनको बैठक बसेर यो विषयमा छलफल गर्ने तयारी हुँदै छ । छलफलमै के कसरी अघि बढ्ने कुरा हुन्छ,’ यादवले भने ।

सीके राउत सचिवालय नामको फेसबुक पेजबाट जनमतलाई मधेश प्रदेशमा कांग्रेस(एमालेले घेराबन्दी गरेको आरोपसहितका आठ बुँदा सार्वजनिक भएको थियो ।

यस विषयमा नेकपा एमाले भित्र पनि जनमतले लगाएका आरोपबारे आन्तरिक छलफल चलिरहेको एक नेताले बताए । आन्तरिक छलफलमा जनमतले आफ्ना अक्षमता ढाकछोप गर्न अन्य दलमाथि आधारहीन आरोप लगाएको ठहर एमालेले गरेको छ ।

एमालेकी प्रदेश सांसद शारदा थापा भन्छिन्, ‘जनमतले लगाएको आरोप पुष्टि हुँदैन । अप्रमाणित आरोप लगाएर आफ्नो असक्षमता, गलती ढाकछोप गर्न खोजेको बाहेक केही होइन ।’ उनले यो विषयलाई आजदेखि काठमाडौंमा सुरु हुने एमाले केन्द्रीय समितिको बैठकमा पनि उठाउने तयारी रहेको बताइन् ।

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले यस विषयमा एमालेमा छलफल भइरहेको बताए । उनले सकेसम्म आजै गठबन्धनको बैठक बसेर जनमत पार्टीले लगाएका आरोपबारे छलफल हुने बताए ।

जनमतले कुनै पनि मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेको, अनियमिततामा संलग्न हुने गरेको, अर्थ मन्त्रालयले पीएलएमबीआईएस प्रणाली पाँच महिनासम्म लक गरी पुँजीगत खर्चमा रोक लगाएको, पुँजीगत बजेट खर्च गर्न कांग्रेसबाट अर्थमन्त्री रहेका सुनिल यादव बाधक रहेको, काम हुन नदिन कांग्रेस र एमालेका नेताहरूले सरकार चाँडै ढल्ने हल्ला फैलाउने गरेको लगायतका आरोप लगाएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending