नयाँ दिल्ली। हालै मात्र उत्तराखण्डको एउटा बाघ जम्मुमा देखेको खबर बाहिर आएको छ ।
यो बाघ राजाजी राष्ट्रिय निकुञ्जको रहेको बताइएको छ, जो अहिले जम्मुको राजौरी क्षेत्रमा देखिएको छ ।
यो समाचारलाई लिएर अन्योलको अवस्था छ तर यसबारे राजाजी राष्ट्रिय निकुञ्जका निर्देशकले पनि प्रतिक्रिया दिएका छन् । निर्देशक कोको रोशोले राजौरीमा खिचेको यो तस्बिर शंकास्पद रहेको बताएका छन् । यद्दपी, छानबिन जारी रहेको उनले जनाए ।
यसअघि पनि उत्तराखण्डको एउटा बाघ ७ महिना लगाएर हिमाञ्चल पुगेको थियो । अब राजौरीमा देखिएको बाघ उत्तराखण्डको हो कि जम्मूको हो भन्ने प्रश्न उठेको छ । अहिले वन विभागले जम्मू कश्मीरको वन विभागबाट यसबारे जानकारी लिइरहेको जनाएको छ।
उत्तराखण्ड वन विभागका प्रमुख वन्यजन्तु संरक्षक रञ्जन कुमार मिश्रले यस विषयमा गहिरिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘यस सम्बन्धमा जम्मू कश्मीरको वन विभागबाट जानकारी लिइएको छ, जानकारी पाएपछि मात्र हामी पूर्ण निष्कर्षमा पुग्न सक्नेछौं,’ मिश्रले भने । नेपालको सिमा नजिक रहेको क्षेत्रवाट जम्मुमा बाघ पुगे पछि भारतका बन्यजन्तु बिज्ञहरूले थप अनुसन्धान गरिरहेका छन् ।
‘हाम्रो एउटा बाघ हिमाचलको पाओन्टा साहिबमा गएको र कहाँ हुदैँ गएको भन्ने विस्तृत जानकारी हामीले पाएका छैनौं, उनले भने । फोटोका आधारमा यो बाघ हाम्रो हो कि अर्कै राज्यको हो भन्ने निर्णय गर्न नसकिने उनले बताए ।
वन विभागका अधिकारीहरूले पनि जीवन र खानाको खोजीमा जनावरहरू टाढा टाढा जाने गरेको स्वीकार गरेका छन्। ‘यस्तो अवस्थामा हाम्रो राज्यको बाघ अर्को राज्यमा जाने सम्भावना छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...



प्रतिकृया लेख्नुहोस्: