काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ ।
आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिएको दिब्योपदेशलाइ ‘पृथ्वी पथ’ रूपमा अंगिकार गर्ने भएको हो ।
‘पार्टीले अबलम्बन गरिरहेको सम्बर्धनवादको बैचारिक दर्शनको धरातलमा नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मार्गदर्शन र दिब्यउपदेशलाइ राप्रपा नेपालले ‘पृथ्वीपथ’को रूपमा अंगिकार गर्नेछ’ केन्द्रिय समितिको निर्णयमा भनिएको छ।
राप्रपा नेपालले प्रत्येक बर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिशेष कार्यक्रम गर्दै आएको छ । यसपटक पनि पुस २७ मा बालुवाटारमा बिशेष कार्यक्रम गर्दैछ ।
त्यसो त आज सम्पन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महाधिवेसन गर्ने निर्णय गरेको छ भने बैठकले राजनीतिक कार्यपत्र, संगठन बिभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सबन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिबेदन पारित गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा जनलोकपाल गठन गर्नु पर्ने उसले आफनो माग अघि सारेको छ । ‘भ्रष्टचारलाइ जरै देखी उन्मुलन गर्न अहिलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अबधारणामा आधारित सम्पन्न संबैधानिक निकायको ब्यवस्था गर्न राप्रपा नेपाल माग गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, राप्रपा नेपालले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाइ ‘टु पार्टी सिस्टम’मा लैजान लागेको भन्दै असहमति जनाएको छ । ‘सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाइ चुनौती दिने र प्रतिस्पर्धामा आउन नसक्ने दलहरूलाइ निषेध गरी कथित दुइ दलीय ब्यवस्था कायम गर्न संबिधान र कानुनमा संसोधन गर्ने प्रयास गरीरहेको देखिन्छ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘समानुपातिक र समावेशी मान्यतालाइ कमजोर बनाउने तथा समानुपातिक निर्वाचनको थ्रेस होल्ड बढाएर साना र उदयीमान दलहरूको प्रतिनिधित्व शुन्य बनाउन सत्तारूढ दलहरू उद्धतरहेको समेत देखिन्छ, यस्तो प्रवृतिले प्रजातन्त्रलाइ कमजोर बनाउने र निरंकुशताको पक्षपोषण गर्नेछ’ राप्रपाको निर्णयमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...



प्रतिकृया लेख्नुहोस्: