Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

यस्ता छन् सहकारी बेथिति नियन्त्रणमा ओलीको चार नीति

खबरडबली संवाददाता

काठमाडौं। सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन ।

आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै सहकारीको समस्या समाधान गर्नका लागि ४ स्टेपमा काम भइरहेको उनले जनाएका छन् ।

सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्छ– अनियमिततामा सङ्लग्नहरुलाई बिना मोलाहिजा कार्बाही गर्ने, बचतकर्ताहरुको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधीकरण गठन गर्र्ने र भविष्यमा बचतकर्ताहरुको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने,’ ओलीले भनेका छन । 

उनले प्रतिवेदनमा सो बिषयलाइ गम्भिरताका साथ उठाइएको जनाउँदै लेखेका छन, ‘सहकारी क्षेत्रको बेथितिमा हस्तक्षेप, बचतकर्तालाई न्याय र अनियमिततामा सङ्लग्नलाई सजायः राज्यका नियमनकारी निकायहरु कमजोर भएको मौका पारेर यस बिचमा सहकारी क्षेत्रमा निकै ठूलो अनियमितता भएको तथ्य विभिन्न घटनाक्रमले स्पष्ट पार्दै लगेका थिए । 

सोही  सम्बन्धमा सञ्चार माध्यमहरुमा अनेकौं सूचना– समाचार सार्वजनिक भएका र पीडितहरु न्यायका लागि सडकमा समेत उत्रिएको पृष्ठभूमिमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा संसदीय छानबिन समिति गठन भएको उनले स्मरण पनि गराएका छन । 

‘समितिले निकै मिहिनेतका साथ यस विषयको अध्ययन गरेर सर्वसम्मतिका साथ प्रतिवेदन तयार गरेर संसद समक्ष प्रस्तुत ग¥योे । संसदले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको थियो । हाल सरकार त्यसको कार्यान्वयनमा लागिरहेको छ,’ उनले भनेका छन, ‘सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्छ– अनियमिततामा सङ्लग्नहरुलाई बिना मोलाहिजा कार्बाही गर्ने, बचतकर्ताहरुको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधीकरण गठन गर्र्ने र भविष्यमा बचतकर्ताहरुको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने ।’

नागरिकहरुको बचत रकम हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन भन्ने कुरामा सरकार र पार्टी स्पष्ट रहेको उनको भनाइ छ । ‘जो सुकै होस्, दोषीले उन्मुक्ति पाउनु हुँदैन । कतिपय पार्टी या व्यक्तिहरुले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरुप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने कोशिस गरिहेका छन् । तर यस प्रक्रियामा सत्तारुढ पार्टीहरु सम्बद्ध कतिपय व्यक्तिहरु समेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ,’ उनले भने, ‘आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ, सरकार यसै गरी अगाडि बढिरहेको छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

जोगबनी नाकामा प्रवेश कडाइ, परिचयपत्र जाँच अनिवार्य

विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती, सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिक...

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending