Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

गाई पनि सहकारीपीडित !

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्नै नसकिने छ। गाईगोठमा काम गर्ने श्रमिकले तलब नपाएको पनि महिनौँ भयो। 

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, सहकारीको बचत रकम अपचलन, ठगी र दुरुपयोगको प्रताडना मान्छेले मात्रै होइन, अबोध पशुले पनि भोग्नु परिरहेको छ। ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका वडा नं. १२ मा सञ्चालन गरेको लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरमा पालिएका ४१५ गाईको बिजोक भएको छ। 

लालीगुराँस बहुउद्देश्यीय सहकारीका चार हजार ५२८ बचतकर्ताको सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपैयाँ अपचलन र ठगी हुँदा बचतकर्तासँगै गाई पनि सास्ती भोग्न बाध्य भएका हुन् । 

लालीगुराँस बहुउद्देश्यीय सहकारीले १६ बिघा जग्गा लिएर भवन निर्माण गरी ४१५ वटा गाई पालेको छ तर सहकारीको बचत रकम सहकारीको सिद्धान्तविपरीत अन्यत्र लगानी गरी अपचलन गरेको अभियोगमा २०८० फागुन २९ गते सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । 

सहकारीको बदमाशी

गाई फार्म सञ्चालन गर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले दुग्ध पदार्थ बिक्रीबाट उठेको रकम लिए पनि त्यहाँ काम गर्ने श्रमिकले तलब पाएका छैनन् । 

उक्त सहकारी संस्था समस्याग्रस्त भए पनि सहकारीको सम्पत्ति विवरण खोज्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको टोली खैरहनी पुगेको थियो। समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले अनुगमनका क्रममा सहकारीले सञ्चालन गरेको गाई फार्मको अवस्था दयनीय देखेपछि बिक्री र लिलामी प्रक्रिया अघि बढाएको बताए। 

‘१० वटा गाई मरेको पाइयो । पशु सेवा कार्यालयको टोलीलाई अध्ययन र निरीक्षणका लागि पठाउँदा ११९ वटा गाईमा बाँझोपन र अनुत्पादन भएको पाइयो’, उनले भने, ‘अरू २६८ वटा दुहुना गाई र बाच्छाबाच्छी छन् । तिनीहरूको व्यवस्थापन गर्ने तयारीमा समिति छ।’

गाई फार्मका प्रशासन अधिकृत कृष्णबहादुर भण्डारीले भदौ १२ गते नै समितिको कार्यालयलाई पत्र लेख्दै ४९ गाई बाँझोपनका कारण अनुत्पादक भएका कारण हटाउने निर्णय गरिदिन आग्रह गरेका थिए। सदस्यसचिव पौडेलका अनुसार बाँझोपन भएका गाईसमेत गोठमा राख्दा दुहुना गाईलाई पर्याप्त दाना र घाँस दिन समस्या भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending