काठमाडौं । बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्नै नसकिने छ। गाईगोठमा काम गर्ने श्रमिकले तलब नपाएको पनि महिनौँ भयो।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, सहकारीको बचत रकम अपचलन, ठगी र दुरुपयोगको प्रताडना मान्छेले मात्रै होइन, अबोध पशुले पनि भोग्नु परिरहेको छ। ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका वडा नं. १२ मा सञ्चालन गरेको लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरमा पालिएका ४१५ गाईको बिजोक भएको छ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीका चार हजार ५२८ बचतकर्ताको सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपैयाँ अपचलन र ठगी हुँदा बचतकर्तासँगै गाई पनि सास्ती भोग्न बाध्य भएका हुन् ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीले १६ बिघा जग्गा लिएर भवन निर्माण गरी ४१५ वटा गाई पालेको छ तर सहकारीको बचत रकम सहकारीको सिद्धान्तविपरीत अन्यत्र लगानी गरी अपचलन गरेको अभियोगमा २०८० फागुन २९ गते सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
सहकारीको बदमाशी
गाई फार्म सञ्चालन गर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले दुग्ध पदार्थ बिक्रीबाट उठेको रकम लिए पनि त्यहाँ काम गर्ने श्रमिकले तलब पाएका छैनन् ।
उक्त सहकारी संस्था समस्याग्रस्त भए पनि सहकारीको सम्पत्ति विवरण खोज्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको टोली खैरहनी पुगेको थियो। समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले अनुगमनका क्रममा सहकारीले सञ्चालन गरेको गाई फार्मको अवस्था दयनीय देखेपछि बिक्री र लिलामी प्रक्रिया अघि बढाएको बताए।
‘१० वटा गाई मरेको पाइयो । पशु सेवा कार्यालयको टोलीलाई अध्ययन र निरीक्षणका लागि पठाउँदा ११९ वटा गाईमा बाँझोपन र अनुत्पादन भएको पाइयो’, उनले भने, ‘अरू २६८ वटा दुहुना गाई र बाच्छाबाच्छी छन् । तिनीहरूको व्यवस्थापन गर्ने तयारीमा समिति छ।’
गाई फार्मका प्रशासन अधिकृत कृष्णबहादुर भण्डारीले भदौ १२ गते नै समितिको कार्यालयलाई पत्र लेख्दै ४९ गाई बाँझोपनका कारण अनुत्पादक भएका कारण हटाउने निर्णय गरिदिन आग्रह गरेका थिए। सदस्यसचिव पौडेलका अनुसार बाँझोपन भएका गाईसमेत गोठमा राख्दा दुहुना गाईलाई पर्याप्त दाना र घाँस दिन समस्या भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: