Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

इटालियन प्रधानमन्त्री मेलोनी

खबरडबली संवाददाता

वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । 

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अर्थात २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने तयारी भइरहेको बेला दुबै नेताहरूको पुर्वसन्ध्यामा भेट भएको हो ।

आइतवार बिहान इटलीको प्रधानमन्त्रीको कार्यालयबाट पठाइएको तस्विरमा मेलोनी र ट्रम्प मार ए लागोको प्रवेशद्वारमा पोज दिइरहेको र रिसेप्शन कोठामा कुराकानी गरिरहेको देखाइएको छ। जसमा पृष्ठभूमिमा क्रिसमस ट्री देखिएको छ ।

त्यहाँ उपस्थित अमेरिकी पत्रकारहरुका अनुसार ट्रम्पले मेलोनीलाई ‘अद्भुत महिला’ भनेर टिप्पणी गरेको उल्लेख गरेका छन् । ‘उहाँले युरोप र अरू सबैलाई साँच्चै प्रभावित गर्नुभएको छ र हामी आज राती यहाँ खाना खाइरहेका छौं,’ ट्रम्पले भेट पछि निकटबर्तिसँग भने। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवैले डिनर गर्नुका साथै फिल्म पनि सँगै हेरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प र मेलोनीले  ‘द ईस्टम्यान डिलेमाः लफेयर वा जस्टिस’नामक फिल्म  सँगै हेरेका हुन् । जुन वकिलसँग सम्बन्धित वृत्तचित्र हो, जसलाई २०२० को चुनावी नतिजा ट्रम्पको पक्षमा उल्टाउने प्रयास गरेको आरोप लगाइएको थियो।

आइतवार दुई कन्जरभेटिभ नेताहरूको तस्बिरहरू सबै इटालियन अखबारहरूको पहिलो पृष्ठमा सँगै प्रकाशित गरिएको थियो । मेलोनीसहित क्यानडाका जस्टिन ट्रुडो र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलगायत धेरै विदेशी नेताहरू हुन्, जसले ट्रम्पले पदभार ग्रहण गर्नु अघि नै अमेरिका पुगेर उनीसँग भेटघाट गरेका थिए ।

भारी आयात कर लगाउने ट्रम्पले घोषणा गरे पछि  व्यापारमा सम्भावित नकारात्मक प्रभावबाट जोगिने योजना बनाउन युरोपलगायत परम्परागत आर्थिक सहयोगीहरू बीचमा अहिले दौडधुप जारी रहेको छ । सोही सिलसिलामा मेलोनी ट्रम्पलाइ भेटन अमेरिका पुगेकी हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

जोगबनी नाकामा प्रवेश कडाइ, परिचयपत्र जाँच अनिवार्य

विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती, सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिक...

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending