Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरेपछि

खबरडबली संवाददाता

वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । 

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अर्थात २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने तयारी भइरहेको बेला दुबै नेताहरूको पुर्वसन्ध्यामा भेट भएको हो ।

आइतवार बिहान इटलीको प्रधानमन्त्रीको कार्यालयबाट पठाइएको तस्विरमा मेलोनी र ट्रम्प मार ए लागोको प्रवेशद्वारमा पोज दिइरहेको र रिसेप्शन कोठामा कुराकानी गरिरहेको देखाइएको छ। जसमा पृष्ठभूमिमा क्रिसमस ट्री देखिएको छ ।

त्यहाँ उपस्थित अमेरिकी पत्रकारहरुका अनुसार ट्रम्पले मेलोनीलाई ‘अद्भुत महिला’ भनेर टिप्पणी गरेको उल्लेख गरेका छन् । ‘उहाँले युरोप र अरू सबैलाई साँच्चै प्रभावित गर्नुभएको छ र हामी आज राती यहाँ खाना खाइरहेका छौं,’ ट्रम्पले भेट पछि निकटबर्तिसँग भने। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवैले डिनर गर्नुका साथै फिल्म पनि सँगै हेरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प र मेलोनीले  ‘द ईस्टम्यान डिलेमाः लफेयर वा जस्टिस’नामक फिल्म  सँगै हेरेका हुन् । जुन वकिलसँग सम्बन्धित वृत्तचित्र हो, जसलाई २०२० को चुनावी नतिजा ट्रम्पको पक्षमा उल्टाउने प्रयास गरेको आरोप लगाइएको थियो।

आइतवार दुई कन्जरभेटिभ नेताहरूको तस्बिरहरू सबै इटालियन अखबारहरूको पहिलो पृष्ठमा सँगै प्रकाशित गरिएको थियो । मेलोनीसहित क्यानडाका जस्टिन ट्रुडो र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलगायत धेरै विदेशी नेताहरू हुन्, जसले ट्रम्पले पदभार ग्रहण गर्नु अघि नै अमेरिका पुगेर उनीसँग भेटघाट गरेका थिए ।

भारी आयात कर लगाउने ट्रम्पले घोषणा गरे पछि  व्यापारमा सम्भावित नकारात्मक प्रभावबाट जोगिने योजना बनाउन युरोपलगायत परम्परागत आर्थिक सहयोगीहरू बीचमा अहिले दौडधुप जारी रहेको छ । सोही सिलसिलामा मेलोनी ट्रम्पलाइ भेटन अमेरिका पुगेकी हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending