Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

खेलकुद विश्वविद्यालय आवश्यक छः नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्।

पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।

‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासिघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ, त्यसले मात्र पुग्दैन,’ उनले भने। आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए। नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा भएको उनको भनाइ छ।

‘यस्ता लिग केन्द्रमा मात्र नभएर देशका कुना कन्दरामा पनि आयोजना गरिनुपर्छ। लिगबाट उत्पादित जनशक्तिले नेपाली राष्ट्रिय टिम र देशलाई नै योगदान पुग्छ। देशलाई विश्वसामू चिनाउने उपयुक्त माध्यम पनि खेल क्षेत्र हो। त्यसैले खेलका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकार उदार हुनुपर्छ,’ उनले भने।

रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ। ‘बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन। शिक्षा, स्वास्थ्य र खेलकुदमा सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ। प्रतिभाशाली खेलाडीलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदक्षेत्रमा फड्को मार्न सक्छ,’ उनले भने।

खेलकुद क्षेत्र मानिसको फिजिकल मात्र नभइ देशको अर्थतन्त्रको मेरुदण्डसमेत भएको उनले बताए। खेलले मानिसलाई अनुशासित बनाउने महरको धारणा छ। ‘राजनीतिमा पनि निष्पक्षताको ग्यारेन्टी हुनुपर्छ। त्यो शिक्षा खेलबाट लिन सकिन्छ। खेल मानिसलाई अनुशासित बनाउने विशाल क्षेत्र हो,’ उनले भने। पोखरा पर्यटकीय राजधानी भएको र यहाँ खेल आयोजना हुँदा देश, विदेशमा यसको महत्त्व थप बढेर जाने महरले बताए।

यसका साथै महरले इन्जिनियरिङ क्षेत्रका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेट लिग अवलोकनका लागि पठाउनु पर्ने बताएका छन्। ‘खेलको गुणस्तर सुधार्न प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ। यसमा नेपाली इन्जिनियरले ठूलो योगदान दिन सक्छन्। क्रिकेटरको प्रदर्शन सुधार गर्न डेटा प्रविधिको प्रयोग गर्न सकिन्छ। खेलाडीको रन, स्ट्राइक र बलिङको गति जस्ता तथ्यांकलाई विश्लेषण गरेर उनीहरूको क्षमता वृद्धि गर्न सकिन्छ,’ उनले भने। 

एआइको प्रयोग गरेर खेलाडीको कमजोरी पहिचान गरी सुधार गर्न प्रशिक्षण प्रदान गर्न सकिने र त्यो कुरा इन्जिनियरिङ क्षेत्रका विद्यार्थीबाट सम्भव भएको उनको भनाइ छ। क्रिकेट व्यवस्थापन प्रणालीलाई सुरक्षित राख्न नेपाली इन्जिनियरले साइबर सुरक्षा समाधान विकास गर्न सक्ने महरले औंल्याए। 

‘म्याच फिक्सिङ रोक्न र खेलसँग सम्बन्धित डाटालाई सुरक्षित राख्न प्रविधिको प्रयोग गर्न सकिन्छ। विद्यालय र ग्रामीण क्षेत्रका खेलाडीको प्रशिक्षणका लागि सस्तो तथा प्रभावकारी उपकरण विकास गर्न सकिन्छ। स्थानीय ग्राउन्डमा स्मार्ट कोचिङ टुलको प्रयोगले नयाँ प्रतिभाको पहिचान सम्भव छ,’ महरले भने, ‘क्रिकेटलाई विश्वस्तरमा पुर्‍याउन प्रविधिको प्रयोग अपरिहार्य छ। हाम्रै इन्जिनियरले निर्माण गर्ने समाधानले यो यात्रा अझ प्रभावकारी हुनेछ।’ त्यसैले नेपाली इन्जिनियरलाई अवलोकनका लागि विदेशी लिगमा पठाउनुपर्ने र त्यहाँबाट प्राप्त ज्ञान उनीहरूले नेपालमा सदुपयोग गर्न सक्ने महरको विश्वास छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइ...

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

संयुक्त राज्य अमेरिका। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending