Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिबेसनले गर्छः गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताएका छन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी हिउँदे अधिवेशनबाटै सम्बोधन गर्ने  प्रतिबद्धता जनाएका हुन ।

उनले भने,  ‘सरकारले  गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’

त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका हुन ।

भेटमा गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष केसीले ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएका थिए । 

‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईहरु आफैँ आफ्नो देशमा लगानी गछौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं,’ उनले भने । 

उक्त अवसरमा  अध्यक्ष केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले भने,  ‘यस सम्बन्धमा छलफल भइरहेको छ, गैरआवासीय नेपालीको परिभाषा भित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानून मन्त्रालयले गृहकार्य नै थालेको छ, सरकार यसमा सकारात्मक छ ।’

सो  अवसरमा  संघका अध्यक्ष केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, सल्लाहकार गोविन्दप्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाललगायतको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending