काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताएका छन ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी हिउँदे अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन ।
उनले भने, ‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’
त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका हुन ।
भेटमा गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष केसीले ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएका थिए ।
‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईहरु आफैँ आफ्नो देशमा लगानी गछौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं,’ उनले भने ।
उक्त अवसरमा अध्यक्ष केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले भने, ‘यस सम्बन्धमा छलफल भइरहेको छ, गैरआवासीय नेपालीको परिभाषा भित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानून मन्त्रालयले गृहकार्य नै थालेको छ, सरकार यसमा सकारात्मक छ ।’
सो अवसरमा संघका अध्यक्ष केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, सल्लाहकार गोविन्दप्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाललगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १५:११
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...
बैशाख २९ गते, २०८३ - १४:५६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...
बैशाख २९ गते, २०८३ - १४:४९
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...
बैशाख २९ गते, २०८३ - १४:२७
विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...
बैशाख २९ गते, २०८३ - १४:०२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...
बैशाख २९ गते, २०८३ - १३:४१
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...
बैशाख २९ गते, २०८३ - १३:३२
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिक...
बैशाख २९ गते, २०८३ - १३:१२
काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...
बैशाख २९ गते, २०८३ - १२:५५
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...


प्रतिकृया लेख्नुहोस्: