बर्लिन। गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ ।
समग्रमा सन् २०२४ मा युरोपको सबैभन्दा ठुलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय यातायात प्राधिकरणले जनाएको छ ।
तीमध्ये केवल तीन लाख ८० हजार ६०९ विद्युतीय कार थिए, जुन १३ दशमलव ५ प्रतिशतको बजार हिस्सा बराबर छ ।
इवाई विश्लेषक कन्स्टान्टिन गलले भने, “सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ । नयाँ इभि मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्तालाई विद्युतीय कार छनोट गर्न निरुत्साहित गरेको छ ।”
विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखाङ्कित गर्छ ।
यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारी साधन समस्यासँग सङ्घर्ष गरेको छ । निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेका थिए ।
फेब्रुअरी २३ गते हुने निर्वाचनअघि अटो उद्योगको सङ्कट राजनीतिक मुद्दा बनेको छ ।
केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनमा सँग जोडेका बताएका छन् । यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ ।
अर्थ कार निर्माताहरूले आगामी वर्ष बिक्रीमा सामान्य वृद्धिभन्दा बढी आशा गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: