Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

दुई वर्षमा मनाङ आउने पर्यटकको सङ्ख्या दोब्बर

खबरडबली संवाददाता

मनाङ । सन् २०२२ को तुलनामा सन् २०२४ सम्ममा मनाङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ भने सन् २०२३ को तुलनामा छ गुणाले वृद्धि भएको छ । २०२२ मा १५ हजार ८ सय ५५ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।

त्यसैगरी २०२३ मा आउँदा मनाङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या तीन गुणा घटेर पाँच हजार १९७ पुगेको थियो भने २०२४ सम्ममा सो सङ्ख्यामा बढोत्तरी भई ३० हजार ८ सय ६६ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० मनाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पछिल्लो समय महिला पर्यटकको सङ्ख्या बढ्दै गए पनि मनाङ आउने पर्यटकमा पुरुषको बाहुल्य रहेको पाइन्छ । २०२४ मा १८ हजार चार सय ९९ पुरुष र १२ हजार तीन सय ६२ महिलाले मनाङ भ्रमण गरेको देखिन्छ । २०२३ मा पुरुषको सङ्ख्या तीन हजार एक सय नौ र महिलाको सङ्ख्या दुई हजार ८५ थियो भने २०२२ मा १० हजार तीन सय २५ पुरुष र पाँच हजार पाँच सय २७ महिला पर्यटकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, २०२४ मा ५, २०२३ मा ३ र २०२२ मा पनि ३ जना अन्य लिङ्ग उल्लेख गरिएको पर्यटकले मनाङ भ्रमण गरेका छन् । २०२२ मा विभिन्न ११५ मुलुकका पर्यटक मनाङ भित्रिँदा २०२३ मा आउँदा घटेर ८५ मुलुकमा सिमित हुन पुग्यो भने २०२४ मा यसको सङ्ख्या बढेर १२५ मुलुक पुगेको छ ।

कोरोनाको महामारीपछि मनाङ पुग्ने पर्यटकमा बढोत्तरी आएको एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। पछिल्लो समय सडक मार्गको पहुँच, होटलहरूको सुविधाका कारण पनि मनाङमा विदेशी पर्यटक बढी आउने गरेको भुजेलले बताए ।

हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले मनाङमा पर्यटकको आकर्षण बढेको भन्दै प्रमुख भुजेलले यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने बताए।

तीन वर्षको तथ्याङ्कलाई हेर्दा फ्रान्सेली पर्यटकले मनाङलाई बढी रुचाएको देखिन्छ । २०२२ मा दुई हजार तीन, २०२३ मा सात सय २८ र २०२४ मा तीन हजार तीन सय १६ पर्यटकले मनाङ घुमेर पहिलो रेकर्ड राखेका छन् । त्यसैगरी दोस्रोमा २०२२ मा एक हजार नौ सय ७९, २०२३ मा दुई सय ३० र २०२४ मा तीन हजार ६ इजरायलका पर्यटक मनाङ आएको देखिन्छ भने तेस्रोमा २०२२ मा एक हजार पाँच सय २८, २०२३ मा चार सय ६१ र २०२४ मा दुई हजार तीन सय ५५ जर्मनीका पर्यटकले मनाङ भ्रमण गरेका थिए ।

चौथोमा बेलायत, पाँचौंमा अमेरिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा नेदरल्यान्डस्, आठौंमा भारत, नवौंमा रसिया र दशौं नम्बरमा मनाङ भ्रमण गर्नेको सूचीमा छिमेकी राष्ट्र चीन छ ।

स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि विदेशी पर्यटकको अभिलेखीकरणअनुसार वार्षिक रूपमा मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको एक्याप मनाङले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

जोगबनी नाकामा प्रवेश कडाइ, परिचयपत्र जाँच अनिवार्य

विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती, सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिक...

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending