बाँके । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमो महोत्सव गर्न लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए । सिद्धार्थले यसअघि वि.सं.२०८० माघ ११, १२ र १३ गते पहिलो मोमो महोत्सव आयोजना गरेको थियो । पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमो राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा प्रत्येक दिन फरकफरक कलाकारको सांस्कृतिक प्रस्तुति रहने प्रबन्ध सञ्चालक न्यौपानेले बताए । पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने दोस्रो दिन नेपालगञ्जको ‘लाइभ ब्याण्ड द समय ब्याण्ड’ सँगसँगै मोमो बनाउने र पकाउने प्रतियोगिता हुनेछ ।
मोमो बनाउने र पकाउने प्रतियोगिताका निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । “नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगञ्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ”, न्यौपानेले भने । अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगञ्जका मुख्य प्रशिक्षक बद्री कोइरालाले भने, “देशैभरि मोमोका विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो महोत्सव आयोजाना गर्न लागेका हौँ । महोत्सवमार्फत मोमोका विभिन्न प्रकारको पहिचान गराउने लक्ष्य छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - २०:५४
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पु...
माघ १ गते, २०८१ - २०:४५
पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । पाँचौ जिल्ल...
माघ १ गते, २०८१ - २०:४०
दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा घोराही...
माघ १ गते, २०८१ - २०:३५
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्र...
माघ १ गते, २०८१ - २०:२२
सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढ...
माघ १ गते, २०८१ - २०:०७
बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक ...
माघ १ गते, २०८१ - २०:०२
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्...
माघ १ गते, २०८१ - १९:४५
सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ...
माघ १ गते, २०८१ - १९:३२
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प...
माघ १ गते, २०८१ - १८:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...
प्रतिकृया लेख्नुहोस्: