Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कार्टरको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा लगियो

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा ल्याइएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरुको उल्लेख्य उपस्थिति देखिएको थियो । 

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट विदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुनेगरेको छ । उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसदमा (युएस क्यापिटल) मङ्गलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ । प्रसारणकर्ता पीबीएसले लाइभ प्रशारणमा सर्वसाधारणले भवनहरुको छत, झ्याल र कौसीबाट दिवङ्गत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, “राष्ट्रपति कार्टरको पार्थिव शरीर संसदमा ल्याइपुर्याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।” अमेरिकी वायु सेनाको जेटमा वासिङ्टन ल्याई पुर्याइएको अमेरिकी झण्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पुर्याइएको थियो । 

पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा संघीय कार्यालय र विद्यालयहरु बन्द भएका छन् । हिउले सेताम्मै भएको सडक सफा गर्दै सयौँ अमेरिकी सेनाका सदस्यहरूले मृत शरीरलाई संसद भवनमा पुर्याएका थिए । शवयात्रामा कार्टरको परिवार, कंग्रेसका सदस्यहरु र प्रधान न्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पुर्याइएका १३ औं पूर्व अमेरिकी राष्ट्रपति हुन् । वासिङ्टनको पूर्व राष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुसको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेसनल क्याथेड्रलमा बिहीबार कार्टरको अन्त्येष्टि गरिनेछ । 

अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेतासाथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending