हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुले पनि यस पटक गाउँ छोडेर काठमाडौं हिँडेपछि जाङ गाउँ मानिसविहीन भएको हो ।
लिमीको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङ कात्तिकसम्म गाउँमा बस्दै आएका दुई घरधुरीका स्थानीयले मंसिरमा हल्जी गाउँ छोडेर काठमाडौं हिँडेपछि सिङ्गो गाउँ मानिसविहीन भएको बताए । हल्जी गाउँमा मानिस नभएपछि सुनासन देखिन थालेको छ ।
गत वर्ष हिउँदभर दुई घरधुरीका मानिस बस्दा काठमाडौंमा बसेका उनका आफन्तले ती घरधुरीका स्थानीयलाई गाउँ छाड्न दबाद दिँदै आएका थिए । सेवा–सुविधाका हिसाबले पनि जाङ गाउँका बासिन्दाले गाउँ छोडेको बताउँदै उनले यसका लागि अब स्थानीयदेखि सङ्घीय सरकारले सोच्ने बेला आएको उनले बताए । गाउँ छोड्ने स्थानीयले महँगा सामान आफूसँगै काठमाडौं लगिसकेका छन् ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले ६३ घरधुरी रहेको जाङ गाउँ हाल मानवविहीन अवस्थामा रहेको बताए । गाउँका सबै घरमा ताला लागेको र घोडा मात्र गाउँको छेउछाउमा चर्दै गरेको दृश्य देखिँदा खल्लो महसुस भएको बताउदै उनले गुम्बासमेत सुनसान देखिएको बताए । चल अचल सम्पति घरमा थन्क्याएर ढोकामा ताला लगाएर जाङ गाउँका स्थानीय काठमाडौं लागेको कारण भोली गाउँको अस्तित्व समेत हराउने चिन्ता थपिएको उनले बताए ।
पछिल्लो पुस्ता गाउँमा फर्कनै नचाहाने भएको कारण पनि अघिल्लो पुस्ताका स्थानीयहरु बाध्य भएर गाउँ छाड्ने अवस्था आएको उनको भनाइ छ । कुनै समय च्याङ्ग्रा र चौरी पालनका लागि कहलिएको लिमीको जाङ गाउँ हाल आएर मानव विहीन अबस्थामा पुग्नु दुखद पक्ष हो । गाउँ छोड्न नहुने सुझाव वडाले दिदा स्थानीयले नमानेको कारण अब राज्यको ध्यान स्थानीयलाई गाउँ फर्कने अभियान सञ्चालनमा जान आवश्यक रहेको सुझाव उनको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: