Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि

खबरडबली संवाददाता

माेरङ । मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । 

उपाधि रक्षा गरेको पानवारीले उपाधिसहित तीन लाख रुपियाँ पुरस्कार पायो । उपविजेता दमकले एक लाख ५० हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।निर्धारित समयको खेल गोलरहित बराबरीम सकिएपछि खेलको अन्तिम निर्णय टाईब्रेकरबाट गरिएको हो । 

टाइब्रेकरमा पानबारी एफसीका गोलक्षक रोशन कार्कीले दमकका दुई खेलाडीको प्रहार रोकिदिँदा पानवारी उपाधि जित्न सफल भयो । पानवारीको जितमा हिरो बन्नु भएका गोलरक्षक कार्कीले उत्कृष्ट गोल रक्षक हुँदै नगद १० हजार रुपियाँ र ट्रफि प्राप्त गरे । फाइनलको म्यान अफ दि म्याच जर्सी विजेता टिमका दोर्जे तामाङ भए । यस्तै वेष्ट मिड फिल्ड दमकका जय गुरुङ र बेष्ट फरवार्ड दमककै खेलाडी यामी भए । 

सर्वाधिक गोलकर्ता दमकका हरि कार्की, उदयीमान खेलाडी आयोजक केराबारीका सुशान्त तामाङ, सर्वोत्कृष्ट खेलाडी पानबारीका अर्विन राई, बेष्ट कोच पानबारीका मच्छिन्द्र गुरुङ घोषित भए । उनिहरूले १० हजार रुपियाँसहित ट्रफि प्राप्त गरे । 

विजयी टिमलाई केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार प्रदान गरे । पुस २० गते देखि भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा र काठमाडौँका आठ टिमले प्रतिस्पर्धा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । सरोकारवाला संस्थाद्वारा कफी ...

नेपाल संस्कृत विश्वविद्यालयको जग्गाबाट आएन भाडा

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि...

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

कम्बोडिया । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त...

एमाले महाधिवेशनमा साँढे दुईहजार प्रतिनिधि सहभागी हुने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि संख्या औपचारिकरूपमा टुंगिएको छ ।  प्रतिनिधि व्यवस्थाप...

मतदानस्थलको पुनरवलोकन गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ। आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रय...

श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

कोलम्बो । श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक...

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending