Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते

खबरडबली संवाददाता

मकवानपुर। मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को  सिमाना सानोपोखराचोक सडक खण्डमा गएराति स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बुद्वचोकबाट पिप्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३६६९ नं.को स्कारपियो गाडीले भित्रीबाटो मनकानमाचोकबाट सानोपोखराचोक हुँदै बाटो क्रश गर्दै गरेको अवस्थामा म।प्र।०३–०२७ प ४२९८ नं.को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा ८ कमाने मनकामनाटोलका २६ वर्षीय गणेश राना मगर र मोटरसाइकल पछाडि सवार हेटौँडा ४ का २२ वर्षीय विशाल विश्वकर्मा घाइते हुनुभएको हो । दुवै जना घाइतेको हेटौँडा अस्पताल उपचारभएको र स्कारपियो चालक हेटौँडा १७ चुच्चेखोलाका ३९ वर्षीय दिनेश राईलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा १५ रातोमाटेस्थित रिद्धीसिद्धी सिमेण्ट उद्योग जाने बाटो नजिकै सोमबारनै म्याजिक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १ ज ८५३५ नं. को म्याजिकको अगाडिको दाहिनेतर्फको टायर पड्की अनियन्त्रित भई सडक छेउको नालीमा कोल्टे परी दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते हुनेहरुमा हेटौँडा १५ रातोमाटे भोर्लेकी १८ वर्षीया सुस्मिता थिङ, १७ वर्षीय रुपराज मोक्तान, २० वर्षीय  राहुल दोङ, १५ वर्षीय रिजन रुम्बा, १९ वर्षीय विकास लामा, १७ वर्षीया करुना वाईवा, १८ वर्षीया रक्षा लामा, १९ वर्षीया उर्मिला घिमिरे, १९ वर्षीय समिक पाख्रिन, १८ वर्षीय सीता भोम्जन, र हेटौँडा ८ कमानेकी १९ वर्षीया हिउनिसा थोक्कर रहेका छन् ।

घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

म्याजिक चालक हेटौँडा १५ भोर्लेका ३४ वर्षीय नवराज स्याङ्तानलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवस...

संकटमा निराशा होइन, पुनर्गठन आवश्यक: शङ्कर पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरता भएको बताएका छन्। भारतमा हालै सम्पन्न विधानसभा निर्वा...

बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुल्यो

काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार  बिहानदेखि सवारी आवागमन खुलेको हो । ...

राष्ट्रिय गौरवका आयोजना तीन वर्षमा सक्न सुधार आवश्यक : न्यौपाने

तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...

दोस्रो चरणमा सत्र लाख सवारी लाइसेन्स छपाइ

बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending