Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

‘इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पार्‍यो’

खबरडबली संवाददाता

इस्लामाबाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताए । 

“गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नै नष्ट गरेको छ”, पाकिस्तानले आयोजना गरेको र दर्जनौँ देशका प्रतिनिधिहरूले भाग लिएको मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनमा बोल्दै उनले भने, “उनीहरूले सबै विश्वविद्यालयमा बमबारी गरेका छन्, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेका छन् र विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूलाई अन्धाधुन्ध आक्रमण गरेका छन् । म इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै निरन्तर आवाज उठाउनेछु ।”

शिक्षा अभियानका कारण आक्रोशित पाकिस्तानी उग्रवादीहरूले १५ वर्षकी विद्यार्थी हुँदा युसुफजाईमाथि गोली प्रहार गरेका थिए । बेलायत लगिएपछि उनले उल्लेखनीय स्वास्थ्यलाभ गर्नुभयो र १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता बने । 

“प्यालेस्टिनी बालबालिकाहरूले आफ्नो जीवन र भविष्य गुमाएका छन् । यदि एक प्यालेस्टिनी बालिकाको विद्यालयमा बमबारी गरिन्छ र उनको परिवार मारिन्छ भने उनले आफूले पाउनुपर्ने भविष्य पाउन सक्दिनन्”, उनले भने । गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको थियो । आक्रमणमा इजरायली पक्षका अधिकांश सर्वसाधारणसहित एक हजार २०८ जनाको मृत्यु भएको थियो । 

आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए । तीमध्ये ९४ जना अझै गाजा पट्टीमा छन् र त्यसमा पनि इजरायली सेनाले ३४ जनालाई मृत घोषित गरेको छ । गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ४६ हजार ५३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश नागरिक छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE