कैलाली । थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ ।
माघ थारु समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ वर्ष पनि हो । भोलिदेखि थारु सम्वत २६४८ सुरु हुँदैछ । थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ । यस दिन विहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुङ्गुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ ।
यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठा परिकार खाने चलन रहेको रहेको छ । माघको पहिलो दिन थारु सम्वतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको छ ।
जिता मारेसँगै गाउँघरमा माघको चहलपहल बढेको धनगढी उपमहानरपालिका –५ जाइँका भलमनसा कुलवीर चौधरीले बताए । उनले आजदेखि तीन दिनसम्म थारु बस्ती माघमय रहने जानकारी दिए ।
माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस विहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोग सलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यसैगरी, मासु, ढिक्री, तरुल लगायतको परिकार खाने र आफन्तहरुलाई खुवाउने गरिन्छ । यस दिन एकअर्कालाई सेवाढोग गरेमा रिसराग, आपसी वैमनस्यताको अन्त्य हुने विश्वास थारु समुदायमा रहेको छ ।
माघ २ गते अर्थात माघ पर्वको खोज्नीबोज्नी गर्ने दिन हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यहि दिन गाउँको नेतृत्व गर्ने व्यक्ति वरघर चयन गर्ने चलन पनि रहेको छ । माघ पर्वको अन्तिम दिन आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रुपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ ।
माघ पर्व सकिएसंगै थारु समुदायमा विवाह, नयाँ घर बनाउने लगायतका कामको सुरुवात हुने गर्दछ । माघ धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको पर्व रहेको थारु अगुवा दिलबहादुर चौधरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
चैत्र २७ गते, २०८१ - २०:१०
बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...
चैत्र २७ गते, २०८१ - १९:५५
धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...
चैत्र २७ गते, २०८१ - १९:३०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...
चैत्र २७ गते, २०८१ - १९:२६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...
चैत्र २७ गते, २०८१ - १९:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
प्रतिकृया लेख्नुहोस्: