Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

इस्पात सम्झौता सम्बन्धमा बाइडेनसँग जापानी प्रधानमन्त्रीद्वारा ‘कडा’ चिन्ता व्यक्त

खबरडबली संवाददाता

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग निप्पोन स्टिलले अमेरिकी स्टिल कम्पनीलाई खरिद् गर्ने सहमति अनुसार काम अघि बढ्न नदिनुले दुवै देशमा कडा चिन्ता उत्पन्न भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताएका छन् । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइडेनले निप्पोन स्टिलले यसै महिनाको सुरुमा यूएस स्टीलको १४.९ अर्ब अमेरिकी डलरमा खरिद गरेको निर्णयलाई अस्वीकार गरेका थिए । 

“मैले जापानमा मात्र होइन, अमेरिकी व्यापारिक समुदायमा पनि चिन्ताको सशक्त आवाज उठिरहेको बताएको छु र राष्ट्रपति बाइडेनलाई ती भावना हटाउन आग्रह गरेको छु,” इशिबाले सोमबार पत्रकारसँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने । जापानी कम्पनीलाई अधिग्रहण गर्न रोक्नु अत्यन्त असामान्य छ र दुवै कम्पनीले आफ्नो कार्यकालको अन्तिमतिर रहनुभएका अमेरिकी राष्ट्रपतिलाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन् । 

निप्पोन स्टिलले यस अधिग्रहणलाई सङ्घर्षरत आफ्नो अमेरिकी प्रतिद्वन्द्वी कम्पनीका लागि नयाँजीवनको रूपमा व्याख्या गरेको थियो । तर आलोचकहरूले जापानी समूहले यसको आश्वासनको बावजुद विपरीत जाने र रोजगारी कटौती गर्ने चेतावनी दिएका छन् । सन् २०२३ मा घोषणा गरिएको यो अधिग्रहण गत वर्षको अमेरिकी राष्ट्रपति चुनावको दौडानमा चर्चामा आएको थियो र यो राजनीतिक ‘फ्ल्यासप्वाइन्ट’ साबित भएको थियो । 

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा महत्वपूर्ण र प्रतिस्पर्धात्मक मानिएको पेन्सिलभेनिया (स्विङ राज्य) मा यूएस स्टील रहेको छ । निर्वाचनका समय रिपब्लिकन नेता डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी कमला ह्यारिस दुवैले कम्पनी लेनदेनको विरोध गरेका थिए । सन् २०२३ मा जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब ८०० अर्ब अमेरिकी डलर लगानी गरेका थिए, जुन अन्य कुनै पनि देशको तुलनामा बढी हो । यो अमेरिकामा भएको विदेशी लगानीको १४.३ प्रतिशत हो ।

अमेरिकी कम्पनीहरू पनि जापानमा सबैभन्दा ठूलो बाह्य लगानीकर्ता हुन् । दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले आफ्नो उपस्थिति देखाउँदै त्यसको प्रतिकार गर्न चाहेको वासिङ्टनका लागि जापान पनि रणनीतिक साझेदार हो ।

दुवै स्टिल कम्पनीले आइतबार अमेरिकी अधिकारीहरूले अधिग्रहणको लागि जुन १८ सम्मको समयसीमा बढाएको बताएका छन् । जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको शपथग्रहण समारोहमा सहभागी हुने जापानका विदेशमन्त्री ताकेशी इवायाले द्विपक्षीय सम्बन्धको ‘व्यापक तस्वीर’लाई कमजोर नपार्नु महत्वपूर्ण भएको बताए ।

इवायाले वासिङ्टनमा रहँदा ट्रम्पका विदेशमन्त्री मार्को रुबियोसँग वार्ता गर्ने र इशिबा र ट्रम्पबीच भेटवार्ताका लागि आधार तयार गर्ने बताएका थिए । क्योदो न्यूजले सरकारी स्रोतलाई उद्धृत गर्दै फेब्रुअरीको मध्यसम्ममा यो घटना हुन सक्ने जनाएको छ । 

ट्रम्पको पहिलो कार्यकालमा उनी र जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेबीच न्यानो सम्बन्ध थियो । गत डिसेम्बरमा ट्रम्पले आबेकी विधवा पत्नीसँग मार–ए–लागोमा भेट गरेका थिए । यसले ट्रम्पले आबेसँगको न्यानो सम्बन्धलाई निरन्तरता दिने सङ्केतका रूपमा हेरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending