सियोल । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
रूसले युक्रेनविरुद्धको युद्धमा करिब ३०० उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार ७०० जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन् ।
सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभविरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो ।
सप्ताहन्तमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले दुई जना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताएका थिए ।
“रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुस्र्क क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ, उत्तर कोरियाली सेनाको हताहत तीन हजार नाघेको अनुमान गरिएको छ,” सांसद ली सियोङ–क्वेनले जासूसी एजेन्सीको ब्रिफिङपछि पत्रकारहरूलाई भने ।
सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसको ब्रिफिङपछि लीले भने, “यसमा करिब ३०० जनाको मृत्यु र दुई हजार ७०० जना घाइते भएका छन् ।” उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बनाउनुको साटो आत्महत्या गर्न आदेश दिइएको लीले बताए ।
उनले भने, “विशेष गरी मृतक सैनिकमा फेला परेका मेमोले उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुअघि आत्महत्या गर्न वा आत्मविस्फोट गर्न दबाब दिएको सङ्केत गर्छ ।” उनले केही सैनिकलाई ‘आममाफी’ दिइएको वा उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीमा सामेल हुन चाहेको र लडेर आफ्नो अवस्था सुधार्ने आशा व्यक्त गरेका छन् ।
पक्राउ पर्न लागेका एक जना उत्तर कोरियाली सैनिकले ‘जनरल किम जोङ उन’ भन्दै चिच्याएर ग्रेनेड विष्फोट गर्ने प्रयास गरेको लीले बताए । एनआइएसको विश्लेषणले उत्तर कोरियाली सैनिकमा ‘आधुनिक युद्धबारे नबुझेको’ र रूसले यसलाई ‘हताहत हुनेको संख्या उच्च’ हुने गरी प्रयोग गरिरहेको देखाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: