काठमाडाैं । संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ।
यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ । अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ। वास्तवमा ब्राजिलकी एक महिलाले खानको लागि बजारबाट माछा किनेर घरमा ल्याएकी थिइन् । ग्रिलिङका लागि सफा गरिरहेकै बेला अचानक उनको नजर माछाको दाँतमा पर्यो । माछाको दाँत देखेर उनको आँखा रसाए किनभने वास्तवमा माछाको दाँत मानिसको जस्तै देखिन्थ्यो, उनले यसअघि कुनै माछाको यस्तो दाँत देखेका थिइनन् ।
त्यसपछि ती महिलाले माछाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिन् । नेटिजन्सले माछाको दाँत सामान्यभन्दा अलि ठूला र मानिसको दाँतको आकारमा भएको पनि पाइन् । सामुद्रिक जीव वैज्ञानिकहरूका अनुसार माछाले पानीमा रहेको शेलफिस र अन्य ठोस चीजहरू खानका लागि मानवजस्तै दाँत विकास गर्दै आएको छ । अहिले जीव वैज्ञानिकहरू त्यो माछाको तौल र आकारबारे थप जानकारी सङ्कलनमा व्यस्त रहेको जनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार त्यस्तो माछा भेटने महिलाको नाम पाउला हो। खासमा उनी आफ्नो परिवारको खानाको लागि माछा ग्रिल गर्दै थिइन्। यसै क्रममा अचानक उनको नजर माछाको दाँतमा पर्यो र ती दाँत सामान्य भन्दा ठूला देखिएका थिए । पाउलाले माछाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनले माछालाई मुख खोलेको देखिरहेको थियो । यो भिडियोमा माछाको बङ्गारा र दाँत मानिसको जस्तै देखिए पछि अहिले सर्बत्र चासोका साथ हेरिन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: