Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

खबरडबली संवाददाता

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।

मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो ।

वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।

यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजा पट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।

टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ ।

वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदान–प्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ ।

“यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागु भएको १६ औँ दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ”, रिपोर्टमा भनिएको छ, “यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।”

गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको सङ्केत गरेको थियो ।

इजरायली मिडियाले मङ्गलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।

“इजरायली सेनाले सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ”, वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र यो उनले मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताए ।

“इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव।। अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ”, बाइडेनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भने। वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ ।

अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ र त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गरेको छन ।

वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम...

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

मुम्बई। पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरि...

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

रोल्पा । दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिका–६ बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ। मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५को खुम्बास भन्...

तपाईँहरूले निर्वाचित गर्नुभएको बालेन संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नुहुनेछ: रवी लामिछाने

काठमाडौं । रवि लामिछानेले आसन्न निर्वाचनमा झापा–५ बाट ऐतिहासिक परिणाम आउने दाबी गरेका छन्। उनले आफ्ना पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई विजयी गराएर ...

दुई दिन देखि हराइरहेका १८ वर्षीय युवा मृत अवस्थामा फेला

सप्तरी। सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको...

नाउपा नेपालका उम्मेदवार चौधरी रास्वपामा प्रवेश

धनगढी। नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छन्। चकिया (जाँत...

दाङ–१ मा नेकपाका ४७ जनाले दिए सामूहिक राजीनामा, स्वतन्त्र उम्मेदवार केसीलाई समर्थन गर्ने

दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यले पार्टी परित्याग गरेका छन्। ...

बिर्तामोडमा जङ्गली हात्तीको आक्रमणमा घाइते महिलाको मृत्यु

बिर्तामोड। जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्र...

मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति भएको सव...

सुनको मूल्य १३ सयले बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE