Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

सर्लाहीमा बालकका अपहरणकारी पेस्तोलसहित पक्राउ

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा बालकको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य सितामडी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् । 

उनीहरुले भारत घर भएका १५ वर्षिय बालकलाई अपहरण गरी बन्धक बनाई राखेका भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको घरकोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोवाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटि २८५० नम्बरको मोटरसाइकल बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन: महासचिव गुरुङ

तनहुँ । नेकापा माओवादी केन्द्रका महासचिव देव गुरुङले दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । शनिबार तनहुँमा आयोजित तमु राष्ट्रिय मुक्ति मो...

एक महिनादेखि गुल्मीकाे रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द

गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्...

अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै बनाउन प्रस्ताव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्न...

महाकालीमा निमार्णाधीन पुलको गृहमन्त्री लेखकद्वारा निरीक्षण

कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका...

कैलालीका थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ...

नवलपुरमा स्कुल बसमा पनि ट्राफिक चेकिङ्ग

नवलपुर । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट...

कांग्रेसका नेता मोहन बस्नेत हप्ते सीआईडी हुन्: सरल सहयात्री

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बस्नेतलाई बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रक...

फोनिज सल्यान अध्यक्षमा चुडामणी मगर निर्वाचित

सल्यान । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि मगर निर्वाचित भएका छन् । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट ...

सशस्त्र प्रहरीद्वारा धनुषामा हतियारसहित दुई जना पक्राउ

धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियारसहित दुई जनालाई पक्राउ गरेकाे छ । धनुषाको धनौजी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले एक भारतीय र एक नेपालीलाई हति...

रामेछापमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला

रामेछाप । रामेछाप नगरपालिका–८ रामेछापको भंगरीस्थित धारापानी पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो एक वृद्धको शव फेला परेको छ ।  उक्त शव सोही नगर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy