Ntc summer Offer
Khabar Dabali ६ फाल्गुन २०८१ मंगलवार | 18th February, 2025 Tue
Investment bank

कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम भयाे: अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्टीकाे काम हुने गरेकाे बताएका छन् । ४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयाेजना गरिएकाे कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् ।

उनले भने, ‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ ।’ उनले गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उनले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताए ।  

उनले थप्दै भने, ‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन । कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ । त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ ।’ राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ छ । 

उनले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको पनि बताएका छन् । तत्कालीन पञ्चायती शासकले २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चकको पिस्करका सर्वसाधारणमाथि दमन गरेको थियो । 

शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहेका बेला पञ्चायती शासनले गरेको उक्त दमनमा स्थानीय इले थामी र वीरबहादुर थामीको हत्या गरेकाे थियाे । त्यस्तै जगतबहादुर बोहरा, पाल्कामाया थामी, सोनाम तामाङ गम्भीर घाइते भएका थिए । त्यसै घटनालाई पिस्कर काण्ड भनेर चिनिन्छ । जसलाई कम्युनिस्टहरूले स्मरण गर्दै आइरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाले ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने

जाकार्ता । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।...

साउदीमा युक्रेन बिना नै अमेरिका र रूसका बिदेश मन्त्रीबिच युद्धविराम बारे छलफल

रियाद । युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रु...

सुनसरीमा हाँस पालन गरिएकाे एक कृषि फर्ममा बर्डफ्लु पुष्टी

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु  रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृष...

राेकियाे नेपालमा एमसीसी सहयोग

काठमाडौं । अमेरिकाले तत्कालका लागि  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएक...

युक्रेनमा शान्ति ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरू’ सँगै आउनुपर्छ: म्याक्रोन

पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मङ्गलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र वि...

सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य

टोकियो । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले...

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु

सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरा...

६ विद्यार्थी संगठनद्वारा स्ववियु चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।  अनेरास्ववियु...

ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन राेक्छाैँ: शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले भारतमा विद्यार्थीलाई अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्य...

ई-कमर्श विधेयक पारित

काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy