काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्रिय माघी महोत्सव–२०८१ तथा थारु संवत् २६४८ को अवसरमा मङ्गलबार काठमाडौंको टुँडिखेलमा आयोजित सांस्कृतिक कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार गठनको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व र संविधान संशोधन भएको बताए ।
गच्छेदारले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधनको कुरा गर्दै आएका छन् । राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको हो । थारु जातिले बुझ्नुपर्छ, यो देशमा राई, गुरुङ, नेवार सबै आदिवासी जनजातिले बुझ्नुपर्छ कि, तपाईंको पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन र पहिचान स्थापित गर्छ भने मेचीदेखि महाकालीसम्मको थारुले एकै आवाजमा सहयोग गर्छ ।”
उनले विगतमा आफू सञ्चारमन्त्री हुँदा २०५० सालमा रेडियो नेपालबाट थारु भाषासहित राई, लिम्बु, भोजपुरी, अवधि लगायत विभिन्न ११ वटा भाषामा समाचार प्रसारण हुने व्यवस्था मिलाएको बताउँदै थारु समुदायका शिक्षित युवाले यो कुरा बुझ्नुपर्नेमा जोड दिए ।
उनले थारु कल्याणकारिणी सभा पूर्खाले स्थापना गरेको संस्था भएकोले यी संस्थाले माघी एकता दिवसको रुपमा मनाउनुपर्ने बताए । यस्तै थारु आयोगका अध्यक्ष सुवोध सिंह थारुले पूर्वदेखि पश्चिमका थारु बस्तीमा परापूर्वकालदेखि माघी पर्व मनाइदै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - २०:४२
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाक...
फाल्गुन २९ गते, २०८१ - २०:३२
काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...
फाल्गुन २९ गते, २०८१ - २०:२६
भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...
फाल्गुन २९ गते, २०८१ - १९:५६
उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...
फाल्गुन २९ गते, २०८१ - १९:४९
काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...
फाल्गुन २९ गते, २०८१ - १९:४५
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...
फाल्गुन २९ गते, २०८१ - १९:४२
काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...
फाल्गुन २९ गते, २०८१ - १९:३९
काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...
फाल्गुन २९ गते, २०८१ - १९:३१
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...
फाल्गुन २९ गते, २०८१ - १९:२६
पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...
प्रतिकृया लेख्नुहोस्: